Thursday, 27th August, 2026
वि.स.

नेप्से कीर्तिमानी विन्दुमा

nepse-1617533008.jpg

 शेयर बजार परिसूचक नेप्से कीर्तिमानी अङ्कमा पुगेको छ । आइतवार २५ दशमलव ७१ अङ्कले बढेर २६ सय ५७ दशमलव ६१ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो ।यसअघि नेप्से फागुन नौ गते २६ सय ४० विन्दुसम्म पुगेको थियो ।

आइतवार व्यापार, होटल, उत्पादन, म्युचल फण्ड समूहको शेयर घटे पनि अरू समूहको शेयर उकालो लागेपछि नेप्से बढेको हो । बैंकिङ समूहको शेयर साढे १४ अङ्कले, विकास बैंकको २२, जलविद्युतको ३७, फाइनान्सको ४३, माइक्रो फाइनान्सको २३, जीवन बीमा समूहको एक सय ५४, निर्जीवन बीमा समूहको पाँच सय ४३ र अन्य समूहको शेयर ३९ अङ्कले बढेको छ ।

आइतवार दुई सय १२ कम्पनीका एक करोड ८१ लाख कित्ता शेयर नौ अर्ब ६८ लाख रुपैयाँमा किनबेच भएका छन् । निफ्राको साढे ४७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आइतवार ओमी फाइनान्स र जनरल इन्स्योरेन्ससहित सात कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि साल्ट ट्रेडिङ कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif