Saturday, 18th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेपाल स्काउटको संयोजकमा लोकबहादुर भण्डारी, सर्वोच्चको आदेशपछि पुन: सम्हाले कार्यभार

lok-bahadur-bhandari-1639306620.jpg

नेपाल स्काउटको तदर्थ समिति अध्यक्ष लोकबहादुर भण्डारीले अबको आफ्नो प्राथमिकता स्काउटको निर्वाचन गराउनु रहेको बताएका छन् ।

सर्वोच्च अदालतको अन्तरिम आदेशले पुनः बहाली गरेपछि २६ मंसिरमा नेपाल स्काउट तदर्थ समिति संयोजकको रुपमा कार्यभार सम्हाल्दै भण्डारीले अब आफ्नो पहिलो प्राथमिकता स्काउटका सबै स्थानीय तह, प्रदेश तह र केन्द्रको निर्वाचन गरी संगठनलाई अगाडि बढाउनु रहेको बताएका हुन् ।

उनले प्रत्येक स्थानीय तहका विद्यालयहरुमा स्काउट अभियान पुग्ने बताए । विश्व स्काउटको मूल्य, मान्यता अनुरुप विद्यालय तहमा स्काउट शिक्षा सञ्चालन गर्न आफ्नो भूमिका हुने उनले स्पष्ट पारे ।

उनले भने, ‘प्रमुख प्राथमिकता नै मेरो निर्वाचन हो अब । ७५३ स्थानीय तहमा एकै दिन निर्वाचन हुन्छ । ७ वटा प्रदेशमा एकैदिन निर्वाचन हुन्छ र केन्द्रमा निर्वाचन हुन्छ । निर्वाचन गरेर यो संगठनलाई आजसम्म जुन ढंगले निर्वाचन बिनाको संगठन भन्नेकुरा जुनखालको महशुस भएको थियो यसलाई विस्थापित गर्ने र नयाँ ढंगले स्थापित गर्ने । निर्वाचनबाट स्थापित गर्ने कमिटीहरुलाई तुरुन्तै निर्वाचनको माध्यमबाट संगठन अगाडी बढ्छ । अब स्थानीय तहमा प्रत्येक विद्यालयमा युवाहरुमा, बालबालिकासम्म स्काउट अभियान पु¥याऔँ । स्थानीय कमिटीले त्यो गतिविधि गरोस् । प्रदेशले गरोस् । युवा र विश्व स्काउटको मूल्य, मान्यतालाई स्थापित गर्ने र विद्यालय तहमा स्काउट शिक्षा अगाडि बढाउने काममा हाम्रो भूमिका रहन्छ ।’

तात्कालीन प्रधानमन्त्री केपि शर्मा ओलीले नियुक्त ( २२ पुस २०७५) गरेका संयोजक भण्डारीलाई वर्तमान सरकारले (१०  असोज २०७८ ) हटाएपछि उहाँ सर्वोच्च अदालत गएका थिए ।

सर्वोच्चले संयोजकमा भण्डारीलाई कायम राख्नका लागि अन्तरिम आदेश जारी गरेसँगै २६ मंसिरमा नेपाल स्काउटको कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन् । उनले सर्वोच्चले अन्तरिम आदेश दिनुले स्काउट वैधानिक ढंगले अघि बढेको कुरा प्रमाणित भएको बताए ।

राज्य विधिसम्मत्, कानूनसम्मत् र संविधानसम्मत् ढंगले सञ्चालन भएको महशुस भएको पनि उनले उल्लेख गरे । वर्तमान सरकारले बिराटनगरका रबिन दहाललाई अघिल्लो हप्ता १९ मंसीरमा नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति संयोजकमा नियुक्त गरेको थियो ।

रबिन दहालले राष्ट्रिय तदर्थ समिति संयोजकको पदको शपथ लिएकै दिन सर्वोच्च अदालतले पूर्व अध्यक्ष भण्डारीलाई पूर्ववत् अवस्थामा काम गराउन सरकारको नाममा अन्तरिम आदेश दिएको हो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०