Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेपाल शिक्षक महासंघ थाहानगरको तर्फबाट कोरोना नियन्त्रणका लागि तीनलाख सहयोग

teacher-1592414057.jpg

नेपाल शिक्षक महासंघ थाहानगर समितिको तर्फबाट थाहा नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोग गरेको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि थाहा नगरपालिका विपद कोषका लागि महासंघले तीन लाख रुपियाँ सहयोग गरेको हो । महासंघले थाहानगरका शिक्षकहरुबाट संकलित सहयोग रकम नगरपालिकालाई हस्तान्तरण गरेको हो । 

नेपाल शिक्षक महासंघले एक कार्यक्रमकाबीच ३ असारमा थाहा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी महासंघका अध्यक्ष राजाराम कार्कीले नगर प्रमुख लवशेर विष्टलाई ३ लाख रुपियाँको चेक हस्तान्तरण गरेका हुन् । 

सहयोग बुझ्दै नगर प्रमुख लवशेर विष्टले नेपाल शिक्षक संघले गरेको संयोजनकारी भूमिकाको प्रशंसा गरे । उनले विपदका बेला सबैको सहयोग र सहकार्य हुनु आवश्यक भएको औल्याउँदै धन्यवाद दिए । 

कार्यक्रममा नगर उपप्रमुख खड्ग गोपाली, थाहा नगरपालिका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी, नगर शिक्षा समितिका संयोजक शशीधर सुवेदी, तथा नगरका विभिन्न शिक्षक मोर्चासंग सम्बन्धीत शिक्षकहरुको उपस्थिती रहेको थियो । नेपाल शिक्षक महासंघ थाहा नगर समितिका अध्यक्ष राजाराम कार्कीको सभाध्यक्षता तथा नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रम नेपाल शिक्षक महासंघ थाहानगरका सचिव गणेशमान श्रेष्ठले संचालन गरेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०