Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेपाल गाँजालाई लागुऔषधको सूचिबाट हटाउने पक्षमा

gaja-3-1607056339.jpg

गाँजासम्बन्धी विविध कोणबाट बहस भइरहेको समयमा नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई कडा प्रकृतिको लागु औषधीको सूचिबाट हटाउनु पक्षमा मतदान गरेको छ ।

राष्ट्रसंघको लागु औषधसम्बन्धी एक सेसनमा नेपालसहित तीन दर्जन मुलुकले सो पक्षमा मतदान गरेका हुन् ।

नेपालमा पछिल्लो समयमा गाँजाको व्यापार र यसलाई औषधीजन्य व्यापारका लागि अनुमति दिनुपर्ने माग उठिरहेको छ । यस सम्बन्धमा केही सांसदले संसदमा नै बहस चलाइरहेका छन् ।

नेपालमा गाँजा सेवन वा यसको कारोबार प्रतिबन्धित छ ।