Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाल कम्युनिष्ट पार्टीले मनहरीबाट सुरु गर्यो चुनाव खारेज अभियान 

नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले मनहरी गाउँपालिकाबाट स्थानीय चुनाव खारेज अभियान सुरु गरेको छ । २४ र २५ चैत्रमा बसेको पार्टी जिल्ला कमिटी बैठकले मकवानपुरमा चुनाव खारेज अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनका क्रममा अनुरुप मनहरीबाट चुनाव खारेजी पोष्टर टांस्न सुरु गरेको नेकपा मकानपुरका ईन्चार्ज विरबहादुर घलान ‘ज्वाला’ले जानकारी दिए । 

ईन्चार्ज ज्वालाको नेतृत्वमा गएको टोलीले मनहरी गाउँपालिका कार्यालयको होर्डिङ बोर्डमा समेत पोष्टर टांसिएको छ । स्थानिय चुनावले जनताको हित नगर्ने तथा देशमा भ्रष्ट्राचारी र कालोबजारी मौलाउने भन्दै चुनाव खारेजीको माग गर्दै आईरहेको छ ।

ईन्चार्ज ज्वालाले आफुहरुको चुनाबको विरोधी नभएको तर अहिलेको चुनावले जनताको अधिकारलाई सुनिश्चित नसक्ने बताए ।

रुपा गुरुङ/हेटौंडा