Friday, 3rd July, 2026
वि.स.

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा न्यौपाने बने थाहानगरको उमेद्वार 

Rajkumar-1605103801.jpg

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय नेतृत्वका लागि थाहानगर उद्योग वाणिज्य संघले उमेदवार सिफारिस गरेको छ । थाहानगरले महासंघको यही मंसिरमा हुने निर्वाचनका लागि राजकुमार न्यौपानेलाई केन्द्रीय सदस्यतर्फ उम्मेदवारको टिकट दिएको हो । न्यौपाने मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष भैसकेका भए पनि जिल्लाको सिफारिसमा भने पर्न नसकेपछि थाहानगरले सिफारिस गरेको हो ।

मकवानपुर उद्योग वाणिज्य संघले अरुणराज सुमार्गीलाई केन्द्रीय सदस्यको रुपमा उम्मेदवार बनाएको छ । न्यौपानेले थाहा नगर उद्योग वाणिज्य संघबाट टिकट सुरक्षित गरेका हुन् । महासंघको केन्द्रीय नेतृत्वको उम्मेदवार बन्नका लागि जिल्ला वा नगरबाट अनिवार्य सिफारिस आवश्यकता पर्दछ ।

जिल्ला तथा नगर, वस्तुगत र एसोसिएटतर्फबाट केन्द्रीय सदस्य पदका आकांक्षीहरूले उम्मेदवारी दर्ता गराइसकेका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा कार्यकारिणी समितिको निर्वाचन मंसिर ११ र १२ र वार्षिक साधारणसभा तथा १३ गते निर्वाचन हुँदैछ । 

न्यौपानेले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । उहाँले आफू चन्द्रप्रकाश ढकाल पक्षको चुनावी अभियानमा रहेको बताए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०