nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाली काँग्रेस थाहानगर सभापतिमा प्रमोदकृष्ण जोशी विजयी

pramod-joshi-1632588354.jpg

नेपाली काँग्रेस थाहा नगर कार्यसमितिको सभापतिमा प्रमोदकृष्ण जोशी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी  भरत गोपालीलाई   २८ मतले पराजित गर्दै विजयी भएका हुन् । सभापति पदमा   जोशीले  १०९  मत पाउँदा   गोपालीले  ८१ मत पाएका  छन् । 

त्यसैगरी दुई उपसभापति पदका लागि भएको निर्वाचनमा नवराज कार्की र उद्धव लामिछाने विजयी भएका छन् । सचिबमा भीमसेन मोक्तान र कर्णबहादुर गोपाली विजयी भएका छन् भने सहसचिबमा सत्यदेवी स्याङ्तान र सुरेन्द्र श्रेष्ठ विजयी भएका छन् । 

प्राप्त मत परिणाम अनुसार उपसभापतिमा कार्कीले १४४ मत र लामिछानेले १०२ प्राप्त गरी निर्वाचित भएका हुन् । उपसभापतिका अर्का उमेदवार सोमप्रसाद गर्तौलाले ८६ मत प्राप्त गरेका छन् । 

त्यसैगरी दुई जना सचिबका लागि भएको निर्वाचनमा मोक्तानले ११२ मत र गोपालीले १०४ मत ल्याएर विजयी भएका छन् । सचिबका उमेदवार रहेका बिर्जुलाल थिङ र शशिकुमार दोङले क्रमशः ८४ र ५६ मत ल्याएका छन् । 

सत्यदेवी स्याङ्तानले १६५ मत र सुरेन्द्र श्रेष्ठले ९५ मत ल्याएर सहसचिवमा विजयी भएका छन् । सहसचिव उमेदवारहरु रामचन्द्र भोम्जनले ४७ मत र ध्रुबकुमार भट्टले ४६ मत ल्याएका छन् । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)