Wednesday, 26th August, 2026
वि.स.

नेपालमा सलहको प्रकोप एक महिनासम्म रहन सक्ने विज्ञको प्रक्षेपण

IMG_20200628_225637-1593365244.jpg

शनिबार बाराबाट प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहन सक्ने विज्ञहरुले प्रक्षेपण गरेका छन् । 

वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सलह किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुको छ । वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह एक महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डाक्टर डिल्लीराम शर्माले बताए ।

उनले भने, वयस्क सलह अण्डा पार्न पाएन भने दुई हप्ताभन्दा बढी बाँच्न सक्दैन । उसलाई अण्डा पार्न राजस्थान नै जानुपर्ने हुन्छ । बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्छ ।सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उनले बताए ।

आठ/दश करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा दुईरचार लाखको समूहमा मात्रै आएकोले नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै उनले सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको बताए ।

सलह शनिबार भारतबाट नेपालको तराईका जिल्ला हुँदै पहाडी जिल्लाहरुमा समेत प्रवेश गरेको थियो । सलह किरालाई बिहानको विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ छ । साँझ एक ठाउँमा गएर बस्ने र बिहान आठरनौ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकोले बिहान पाँच/छ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif