Wednesday, 26th August, 2026
वि.स.

नेपालगन्जमा ७ दिन निषेधाज्ञा

nised-1619002575.jpg

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा ७ दिन निषेधाज्ञा जारी गरिएको छ । नेपालगन्ज सहरमा मात्र ७ सय ३५ सक्रिय संक्रमित भएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना संक्रमण फैलावटको साङ्लो तोड्न र कोभिड १९ को रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरेको बताए । उनले भने, ‘उनले अत्यावश्यक सेवा बाहेकका व्यक्तिलाई हिडडुल र सवारीसाधन प्रयोगमा कडाइ गरिनेछ ।’ जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना प्रकाशित गरी स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ औषधि पसल, बैंकको एटिएम सेवा जस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षा र हवाइ सेवा सञ्चालन हुनेछन् ।

त्यसैगरी एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी साधन, कुटनीतिक नियोगका गाडी, लामो दूरीका सवारी र मालबाहक साधनहरु, निर्माण सामग्री ढुवानीका साधनहरु, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरु, अनुमति पास प्राप्त सवारी साधन सञ्चालन हुनेछन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif