Thursday, 20th August, 2026
वि.स.

नेपालका प्रथम सहिद लखन थापाको १४४ औं स्मृति दिवस मनाइँदै

lakhan-thapa-1613282168.jpg

आज नेपालका प्रथम सहिद लखन थापाको १४४ औं स्मृति दिवस उनको जन्मस्थल गोरखाको सहिद लखन गाउँपालिका-८ बुङ्कोटमा विशेष कार्यक्रम गरेर मनाइँदै छ ।

लखन थापामगर स्मृति प्रतिष्ठान र नेपाल मगर सङ्घको आयोजनामा आज देशभरि विविध कार्यक्रमको आयोजना गरिएको नेपाल मगर सङ्घले जनाएको छ । 

स्मृति दिवसका अवसरमा गएको माघ २८ गतेदेखि विद्यालय स्तरीय खेलकुद कार्यक्रम, खुला दौडलगायतका कार्यक्रम गरिएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले बताउनुभयो । जहानियाँ राणा शासनविरुद्ध आन्दोलन चलाएको भन्दै थापालाई १९३३ साल फागुन २ गते गोरखाको बुङ्कोटमा खिर्राको रुखमा झुन्ड्याएर हत्या गरिएको थियो ।

लखन थापामगरको बलिदान र योगदानको कदर गर्दै सरकारले उहाँलाई २०५६ सालमा सहिद घोषणा गरेको थियो भने २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो सहिदको दर्जा प्रदान गर्ने निर्णय गरेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif