Sunday, 23rd August, 2026
वि.स.

नेता नापितको १३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम गरिँदै

raju-napit-1624940639.jpg

नेकपा एमालेको मकवानपुर जिल्ला कमिटी सदस्य एवम् थाहा नगर इन्चार्ज राजु नापितको निधनको १३ औँ दिनको पुण्यतिथिमा १५ असारमा एमाले थाहानगर कमिटीले श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दैछ । १५ असार ११ बजे थाहा नगरपालिका–२ लामपाटी चौर डबलीमा कार्यक्रम आयोजना गर्न लागेको एमाले थाहा नगर कमिटी सचिब कुमार नेगीले जानकारी दिए । 

कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारको क्रममा वीर अस्पतालको कोभिड उपचार केन्द्रमा एमाले नेता नापितको ३ असारमा निधन भएको थियो । उनको १८ माघ २०१८ मा साविक पालुङ गाविस वडा नम्बर ६ (हाल थाहा–२) मा जन्म भएको थियो ।

मकवानपुरको उत्तरी क्षेत्रको राजनीतिमा स्थापित नापित २०३८ सालपछि कम्प्युष्टि राजनीतिमा सक्रिय रहेका थिए । भूमिगत कालमा सुन्दर लामिछाने, काशीनाथ अधिकारी लगायत नेताहरुको नियमित सम्पर्कमा रहेका उनलाई २०४६ सालमा नेकपा एमालेको सङ्गठित सदस्य प्रदान गरिएको उनका समकक्षी घनश्याम अमात्य बताउँछन् । पुराना एमाले नेता बुद्धरत्न मानन्धरका अनुसार नापित २०३८ सालतिर सुन्दर लामिछाने र काशीनाथ अधिकारीको सम्पर्कमा थिए । 

बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछिको पहिलो स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट नापित पालुङ गाविसको अध्यक्षको उमेदवार बनेका थिए । जनकल्याण माविको शिक्षक–अभिभावक संघको अध्यक्ष, पालुङ बहुमुखी क्याम्पस महायज्ञको स्टेरिङ कमिटी सदस्य लगायत थुप्रै सामाजिक पदहरुमा भूमिका निर्वाह गरेका उनी पछिल्लो पटक पालुङ बहुमुखी क्याम्पसको वर्तमान सञ्चालक समितिमा समेत रहेका थिए । उनका एक श्रीमती, एक छोरा र दुई छोरी छन् । 

श्रद्धाञ्जलीका लागि थाहा नगरका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रमुखहरु, एमालेका विभिन्न तहका नेता, कार्यकर्ताहरु पालुङ पुग्दैछन् । त्यसैगरी हेटौँडाबाट एमाले जिल्ला इन्चार्ज रामेश्वर रानासहितको टोली पालुङ आउँदै गरेको एमाले थाहा नगरले जनाएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०