Friday, 28th August, 2026
वि.स.

नेकपा हेटौंडा नगर अध्यक्षमा पुडासैनी

Um-1611232345.jpg

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) हेटौंडा उपमहानगर कमिटीका अध्यक्षमा शालिकराम पुडासैनीलाई चयन गरिएको छ । नगर कमिटिको सचिबमा बोल बहादुर कार्कीलाई मनोनीत भएका छन् । 

नगरको बिस्तारित बैठकले नगर कमिटीका अध्यक्ष रघु आचार्य र सचिब तिर्थ बहादुर थापालाइ पद मुक्त गरी ओली समूहले नयाँ कमिटि घोषणा गरेका हुन् । ८ माघमा हेटौंडामा सम्पन्न भएको बैठकले पार्टी नीति, विधि र पद्धति बिपरित काम गतेको भन्दै आचार्य र थापालाइ कार्वाही गरेको जनाइएको छ । बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलिले राजनैतिक स्थिरता, जनमत, शान्ती र बिकासका लागिसंसद विघटनको कदमलाइ अग्रगामी कदमको रुपमा समर्थन गर्दै तोकिएको मितिमा नै प्रतिनिधि सभाको निर्वाचन गर्न सरकारलाई आग्रह गरेको छ । 

बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज रामेश्वर राना, केन्द्रिय सदस्यहरु अनन्त पौडेल, रघु खुलाल, मधुशुधन खतिवडा, महेश बर्तौला, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य गोपाल श्रेष्ठ, नवीन सिग्देल, कमल बिष्ट, देबराज रिमाल, राजन थापा सम्राट तुम्बहाम्फे लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । 

बैठक नगर कमिटीका कार्यालय सदस्य रामचन्द्र अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif