Monday, 31st August, 2026
वि.स.

नेकपा संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानीको विषयले औपचारिकता पायो

नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौँडा र नाम बागमती राख्न गरेको निर्णय प्रदेश ३ को संसदीय दलको बैठकमा औपचारिक रुपमा जानकारी गराईएको छ ।

हेटौंडामा १८ पौषबाट शुरु भएको संसदीय दलको बैठकमा यस्तो जानकारी गरायएको हो । प्रदेश सभामा नेकपाको बहुमत रहेपनि सत्तापक्षीय दलभीत्र यो विषयमा एकमत नहुँदा लामो समयसम्म प्रदेश सभाले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन सकेको थिएन ।  पार्टी सचिवालय बैठकबाट राजधानी र यसको नाम तोक्न निर्णय भएपछि सत्ता पक्षकै सांसदहरुले केन्द्रीय निर्णयको विरोध गरेका थिए । 

मुलुक संघीयतामा गएपनि नेतृत्वले केन्द्रीयता लाद्न खोजेको भन्दै सत्ता पक्षकै सांसदहरु सचिावालयको निर्णयको बिरोध गरिरहेका छन् । पार्टीको निर्णयलाई कार्यान्वयन गर्न संसदीय दलभीत्र सबै सांसदहरु एउटै धारणा बनाउन संसदीय दलको बैठक आव्हान गरिएको नेकपा ३ नम्बर प्रदेश सभाका मुख्य सचेतक रामेश्वर फुयाँलले बताए । 

पुस २१ गते बस्ने प्रदेश सभाको बैठकमा राजधानीको विषय अघि बढाउने मुख्यमन्त्री डोरमणि पौडेलको तयारी छ । ३ नम्बर संसदीय दलको बैठकमा नेकपा प्रदेश कमिटीका सदस्यहरुलाई डाकेर सहमती जुटाउने प्रयासमा मुख्यमन्त्री लागि रहेका छन् । १८ पौषमा दिउँसो साढे २ बजेबाट सुरु भएको बैठकमा सांसदहरुले आआफ्ना धाराणा राखेका छन् । २४ जना सांसदले आफ्ना बिचार राख्न नाम टिपाएका छन् । साँझसम्म चलेको बैठक भोली पुनः बस्ने गरी स्थगित भएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०