nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा(एमाले) थाहानगरको प्रतिवद्धता–पत्र सार्वजनिक(पूर्ण पाठसहित)

thaha-pratibaddhata-1651504315.jpg

नेकपा (एमाले) थाहा नगर कमिटीले स्थानीय सरकारको नेतृत्व आफूले पाएमा सरकारमार्फत् आगामी पाँच वर्षभित्र गर्ने कार्यहरुको सूचीसहित प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । विभिन्न विषय तथा क्षेत्रका कार्यक्रमहरुलाई ८३ वटा बुँदामा समेटेर एमाले थाहानगरले आठ पृष्ठ लामो प्रतिवद्धता-पत्र सार्वजनिक गरेको हो ।

प्रतिवद्धतापत्रमा पर्यटन, कृषि र पूर्वाधार, सामाजिक सुरक्षा, रोजगारी, शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी, विपद व्यवस्थापन, जलवायु परिवर्तन, सहरी सुरक्षा, भूउपयोग, सुशासन, संस्थागत क्षमता विकास आदिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरुको घोषणा गरेको छ । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै एमालेले जितेपछि सोही अनुसार कार्य अघि बढाइने हुनाले प्रतिवद्धता पत्रलाई घरघरमा सुरक्षित राख्न र सो अनुसार नभए तुरुन्त खबरदारी गर्न नागरिकहरुलाई आग्रह गरे ।

प्रतिवद्धता पत्रमा नीतिगत प्राथमिकताहरुका साथ एमाले थाहानगरले दलित, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिले नेतृत्व गरेको परिवारलाई स्वास्थ्य बीमामा सत्प्रतिशत अनुदानको व्यवस्था गर्ने उल्लेख गरेको छ । त्यस्तै, नगरभित्र सत्ुकेरी हुन नसकी नगर बाहिरको ठूलो अस्पतालमा लैजानुपर्ने महिलाहरुका लागि नगरपालिकाको तर्फबाट रु. ५ हजारसम्मको एम्बुलेन्स भाडा नगरपालिकाको तर्फबाट बेहोर्ने व्यवस्था गर्ने जनाएको छ ।

८० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई नेपाल सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताको अतिरिक्त थाहा नगरपालिकाले पौष्टिक आहारवापत प्रति महिना रु. १ हजार उपलब्ध गराउने पनि एमालेले प्रतिवद्धता जनाएको छ । 
 

हेर्नुहोस् प्रतिवद्धता-पत्रको पूर्णपाठ :
 

यातायात, पदमार्ग तथा भौतिक पूर्वाधार 

  • थाहा नगरका सबै वडाका प्रत्येक टोलहरुमा सडक सञ्जाल पु¥याइनेछ । हाल निर्माण भइसकेका सडकहरुलाई स्तरोेन्नति गरिनेछ । 
  • सडक यातायात सम्भव नभएका पर्यटकीय गन्तव्यहरुसम्म पुग्ने आराम स्थलहरुको व्यवस्थासहित पदमार्गहरुको    निर्माण गरिनेछ । 
  • थाहा नगरपालिका वडा नं. ४ नार्खुढाँडमा निर्माणाधीन थाहा बसपार्कलाई तुरुन्त सञ्चालनमा ल्याइनेछ । स्तरोन्नति तथा थप संरचना निर्माण कार्यलाई पनि प्राथमिकता दिइनेछ । 
  • चन्द्रागिरी हिल स्टेशनदेखि शुरु हुने साइकल लेन तथा पदमार्ग निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकोले निर्माण कार्यान्वयनमा जोड दिइनेछ । 
  • थाहानगरबाट काठमाडौँ जोड्ने सबैभन्दा छोटो दुरीको चित्लाङ (चन्द्रागिरी—थानकोट सडक (गणेशमान सिंह मार्ग) को नियमित स्तरोन्नतिका लागि पहल गरिनेछ । त्रिभुवन राजपथको स्तरोन्नतिका     लागि विशेष पहल गरिनेछ ।
  • काठमाडौंको भगिनी सहरको रुपमा थाहानगरलाई विकास गर्न चित्लाङ—थानकोट सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि विशेष पहल गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिनेछ ।
  • नगरभित्र भौतिक संरचनाहरु निर्माण गर्दा वातावरणीय तथा पर्यावरणीय विषयलाई विशेष ध्यान दिइनेछ । 
  • वडाहरुमा सामुदायिक भवन निर्माणका कार्यक्रमहरु सञ्चालन गरिनेछ भने नगर स्तरमा एक हजार बढी सिट क्षमतासहितको सम्मेलन भवनको निर्माण गरिनेछ । जेसीज सभा हललाई थप व्यवस्थित गरिनेछ । 

खानेपानी  व्यवस्थापन

  • थाहानगरमा ‘एक घर, एक धारा, नगरको अभिभारा’ भन्ने नारालाई सार्थक बनाउन प्रत्येक घरधुरीसम्म खानेपानीको व्यवस्था गरिनेछ ।
  • खानेपानीका मुहान तथा मूलहरुको संरक्षणमा विशेष ध्यान दिई थाहानगरका उच्च भेगहरुमा संरक्षण पोखरी (रिचार्जेबल पोण्ड) हरुको निर्माण गरिनेछ । 
  • थाहानगरमा खानेपानी व्यवस्थापन बोर्ड सम्बन्धी ऐन बनेर पनि तदनुसार नगर खानेपानी व्यवस्थापन बोर्ड गठन हुन नसकेकोमा आगामी आर्थिक वर्ष(२०७९/०८०) मा ऐन बमोजिम थाहानगर स्तरीय  खानेपानी व्यवस्थापन बोर्ड गठन गरिनेछ ।

सम्पदा संरक्षण तथा पर्यटन विकास 

  • थाहा नगरमा रहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षणमा विशेष जोड दिई पर्यटकहरुका लागि सुविधासहितको गन्तव्यको रुपमा विकास गरिनेछ । 
  • स्कन्द पुराणको हिमवत् खण्डमा चर्चित चम्पाकेश्वर, नन्दिकेश्वर, गोखुरेश्वर, उन्मत्तेश्वर, पाण्डुकेश्वर र कुटेश्वरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी पर्यटकहरुलाई एउटै नगरमा रहेका ६ वटा ज्योतिर्लिङ्ग भ्रमण गर्ने विशेष अवसरको सिर्जना गरिनेछ । 
  • ऋषेश्वर, फलामे भ¥याङ, भ्युटावर, सीमभञ्ज्याङ ताल, वनस्पति उद्यान, वागवानी केन्द्रसहित थप पर्यटकीय पूर्वाधारहरुको समेत विकास गरी दामन क्षेत्र, चैत्यलोह, सातधारा, भेडाफार्म, धर्मशाला, स्वच्छन्द भैरब, ढुङ्गेधारा, बज्रवाराही, चम्पाकेश्वर, थाहा संग्रहालय (निर्माणाधीन) आदिलाई समेटी चित्लाङ (बज्रवाराही,     विभूति पार्क(मूलाबारी चौर), खुकुरी ढुंगा, मुस्कान झर्ना, नर्वे ढुंगा, चिया बगान(निर्माणाधीन) सहित टिस्टुङ,     इन्द्रायणी माई, कोटथुम्की, त्रिवेणीधाम, शङ्खमूल,     पाण्डुकेश्वर, शेतीगणेश, कालाभैरव  आदिलाई समेटेर पालुङ र डाँडाबास, चिसापानी पार्क, कुटेश्वर, बथानचुली, शिब मन्दिर, हनुमान मन्दिर, कालिका मन्दिर, सूर्यवाराही मन्दिर आदिसहितको  आग्रा क्षेत्रलाई थाहा नगरको पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरिनेछ । 
  • थाहा नगरका पालुङ सहर, शिखरकोट गोपाली गाउँ, कुन्छाल, टौखेल, कलाँटु, न्हुल गाउँ, माझगाउँ जस्ता ऐतिहासिक बस्तीहरुलाई पर्यटकीय गन्तव्य वस्तीको रुपमा विकास गर्न विशेष योजना सञ्चालन गरिनेछ । त्यस्ता गाउँहरुमा परम्परागत संस्कृति झल्कने गरी घरआवास निर्माण गर्दा नगरपालिकाको तर्फबाट प्रोत्साहनवापत निश्चित रकम उपलब्ध गराइनेछ ।
  • आगामी ५ वर्षभित्र बज्रवाराहीमा निर्माणाधीन थाहा सङ्ग्रहालय निर्माण कार्य पूरा गरिनेछ । टिस्टुङको तामाङ संग्रहालय र कुन्छालको गोपाली संग्रहालयलाई थप व्यवस्थित बनाइने छ ।
  • दामन—सिमभन्ज्याङ क्षेत्र नेपालकै चर्चित पर्यटकीय क्षेत्र भएतापनि पर्यटकहरुको आकर्षण बढ्न नसकिरहेको सन्दर्भमा सो क्षेत्रमा नेपाल सरकारसँग पहल गरी ऐन बमोजिम जग्गा भाडामा उपलब्ध गराई ठूला होटल, रिसोर्ट, सम्मेलन हल स्थापनाको लागि प्रोत्साहन गर्नुका साथै नगरमा होम स्टे र होम स्टे ग्रामहरुको स्थापना र व्यवस्थापनका लागि पहल गरिनेछ ।
  • पालुङको त्रिवेणीदेखि बसन्त खोलासम्म विभिन्न स्थानमा चेकड्यामहरु तथा वाटर गार्डेनहरु निर्माण गर्न प्राविधिक सम्भाव्यता अध्ययन गरिनेछ । 

कृषि, पशु सेवा तथा बजार व्यवस्थापन 

  • खेतीपातीको समयमा हुने मल, बीउको अभाव हुन नदिन विशेष व्यवस्था गर्नुका साथै उत्पादन लागत घटाई उचित बजारीकरणसहित बढी नाफामुलक कृषि व्यवसायको विकास गर्न तथा गरिव किसानहरुसम्म सरकारी सेवा तथा सुविधाको पहुँच पु¥याइनेछ ।
  • थाहानगरका राजकुलोहरुको संरक्षण एवम् व्यवस्थापन गर्नुका साथै ुआकासे खेतीु को विकल्पमा आवश्यक मात्रामा कुलो तथा लिफ्ट सिँचाइ प्रविधिको विकास गरिनेछ । आधुनिक कृषि प्रणालीअन्तर्गत थोपा सिँचाइ प्रविधिमा अनुदानको व्यवस्था गरिनेछ ।
  • थाहा नगरपालिकामा अनुदान तथा वितरणमुखी कृषि प्रणाली संस्कृतिको विकास हुँदै गइरहेकोमा सर्वसाधारण कृषकहरुको समेत पहुँच पुग्नेगरी उत्पादन तथा बजार केन्द्रित कृषि प्रणालीको विकास गरिनेछ । 
  • थाहा नगरको आधार कृषि, पर्यटन र पूर्वाधार भन्ने नारा तय गरिएको भए पनि कृषि क्षेत्रको समुचित विकास हुन नसकेको अवस्था जगजाहेरै छ । यस सन्दर्भमा नगरका १२ वटै वडामा कृषकउत्तरदायी कृषि प्राविधिकको व्यवस्था गरिनेछ । 
  • थाहा नगरको किटेनीलाई गाँजर उत्पादन क्षेत्र, बज्रवाराहीलाई काउली उत्पादन क्षेत्र, जगडाँडालाई     पिँडालु उत्पादन क्षेत्र, टिस्टुङलाई काँक्रो उत्पादन क्षेत्र भएजस्तै भेग, टोल तथा वडा अनुसार विशेष उत्पादन क्षेत्र घोषणा गरी सोहीअनुसार कृषि विकासको कार्यक्रम सञ्चालन गरिनेछ । 
  • थाहानगरको माटोमा अत्याधिक मात्रामा अम्लीयपनको मात्रा बढ्दै गई उत्पादकत्वमा कमी आइरहेको सन्दर्भलाई दृष्टिगत गरी माटो परीक्षणको लागि माटो परीक्षणशाला(ीबद)को स्थापना गर्नुका साथै नगरपालिकाको तर्फबाट आवश्यक कृषि चुन निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइनेछ । 
  • साना तथा पहुँचविहिन कृषकहरुले नगरपालिका तथा अन्य सरकारी निकायबाट प्राप्त गर्ने अनुदान तथा अन्य सुविधाहरु पाउन नसकिरहेको गुनासोको पूर्ण सम्बोधन गरिनेछ । यसका लागि वडाका     वडा सदस्यको प्रारम्भिक आधिकारिक सिफारिसमा वडा कार्यालयको सिफारिसको आधारमा मात्र सुविधाहरु प्रदान गर्ने व्यवस्था मिलाइनेछ । 
  • उत्पादनमा कम लागतका निम्ति आधुनिक नर्सरीहरुको स्थापनामा नगरपालिकाको तर्फबाट प्रोत्साहन रकम उपलब्ध गराइने नीति लिइनेछ । साथै, एक घर एक नर्सरी टनेल कार्यक्रमलाई प्राथमिता दिइनेछ । 
  • कृषि उपजको उचित बजारीकरणका लागि सामुहिक तथा सहकारी बजार प्रणालीलाई व्यवस्थित बनाइनेछ । उत्पादक र उपभोक्ताको मूल्य कम गर्न र गुणस्तर दुरुस्त गर्न विशेष प्रणालीको विकास गरिनेछ । 
  • थाहानगरलाई बीउ उत्पादन केन्द्रको रुपमा विकास गरिनेछ । 
  • बाली संरक्षण तथा खाद्य सुरक्षामा उचित योजना बनाई कार्यान्वयन गरिनेछ ।
  • आगामी आर्थिक वर्षबाटै थाहा–३ मा निर्माण हुँदै गरेको शीत भण्डार सञ्चालनमा ल्याउनुका साथै नगरमा रहेका शीतभण्डार तथा रस्टिक हाउसहरुको व्यवस्थापनमा विशेष योजना ल्याइनेछ । 
  • भूगोल तथा माटो सुहाउँदो फलफूूल खेतीलाई प्राथमिकताका साथ अनुदानको व्यवस्था गरिनेछ ।

शिक्षा

  • माध्यमिक तहका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा कम्प्युटर ल्याबका साथै विज्ञान प्रयोगशालाको विस्तार गरिनेछ । शिक्षकहरुलाई विषयगत शिक्षण सीप, विद्यालय व्यवस्थापन, क्षमता अभिवृद्ध तथा सूचना प्रविधिसम्बन्धी विषयमा तालिमको व्यवस्था गरिनेछ । 
  • थाहानगरको हालसम्म मावि तहको विद्यालय सञ्चालन हुन नसकेको वडा नं. ४, ५ र १२ मा क्रमशः  आधारभूत हुँदै आगामी ५ वर्षभित्र कक्षा १० सम्म वडामै पढाइ हुने व्यवस्था गरिनेछ । मावि तहको विद्यालय सञ्चालनका लागि सुविधा सम्पन्न भवन समेत निर्माण गरिनेछ ।
  • थाहा नगरको वडाहरुमा रहेका कम्तिमा एक माध्यमिक विद्यालयलाई प्राविधिक विद्यालयको रुपमा विकास गरिनेछ । 
  • नेपाल सरकारको “एक विद्यालय एक स्काउट” कार्यक्रमलाई क्रमशः थाहा नगरका सबै विद्यालयहरुमा विस्तारित गरिनेछ । 
  • चित्लाङस्थित थाहा बहुप्राविधिक शिक्षालयमा वनविज्ञान र इन्जिनियरिङको अतिरिक्त पर्यटन र पशु विज्ञानमा तुरुन्त डिप्लोमा तहको अध्ययन अध्यापनको शुरुवात गरिनेछ । 
  • चित्लाङमा निर्माणाधीन मदन भण्डारी विश्वविद्यालय पूर्वाधार विकासको कार्य यथाशीघ्र सम्पन्न गरी तुरुन्त स्नातकोत्तर तहको पढाइ सञ्चालनका लागि पहल गरिनेछ । 
  • विपन्न तथा पछाडि परेका समुदायका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने वातावरण तयार गरिनेछ । 
  • उत्तरी मकवानपुरको एक मात्र उच्च शैक्षिक संस्थाको रुपमा रहको पालुङ बहुमुखी क्याम्पसको व्यवस्थापन तथा प्रवर्धनका लागि उचित वातावरण निर्माण गरिनेछ । क्याम्पसलाई आगामी ५ वर्षभित्र आत्मनिर्भर बनाइनेछ ।  
  • एक विद्यालय एक नर्स कार्यक्रमलाई थप व्यवस्थित गरी नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा एक जना नर्स व्यवस्थाको लागि उचित पहल गरिनेछ । 
  • थाहाका सबै सामुदायिक विद्यालयहरुमा छात्रामैत्री शौचालयको व्यवस्था गरिनेछ ।
  • इन्जिनियर, डाक्टर जस्ता प्राविधिक विधामा अध्ययनका लागि विद्यार्थीहरुलाई प्रोत्साहन गर्नुका साथै कार्यविधि निर्माण गरी निश्चित कोटामा नगरपालिकाको तर्फबाट छात्रवृत्ति प्रदान गर्ने व्यवस्था  मिलाइनेछ ।
  • नगरमा रहेका पुराना पुस्तकालयहरुको संरक्षण र संवर्धन गरी व्यवस्थित बनाइनेछ । ई—लाइबे्ररीहरुको व्यवस्था गरिनेछ । 
  • लगनशिल, परिश्रमी तथा ३० वर्षभन्दा बढी सेवा गरिरहेका शिक्षकहरुलाई प्रोत्साहन तथा पुरस्कारको     व्यवस्था गरिनेछ । 
  • निजी स्रोतमा कार्यरत शिक्षकहरुका लागि प्रोत्साहन भत्ता समेतको व्यवस्था गरि विद्यालयमा कार्यरत कर्मचारीहरुलाई प्रोत्साहन भत्ता थप गरी सरकारी सोसरहको तलब उपलब्ध गराइनेछ । 

युवा रोजगार तथा खेलकुद 

  • थाहानगरका प्रत्येक वडामा हरेक वर्ष बेरोजगारहरुका लागि न्यूनतम रोजगार कार्यक्रम सञ्चालन गरिनेछ । 
  • आगामी आर्थिक वर्षबाटै थाहा—४ नयाँ गाउँमा निर्मित कोशेली घर र थाहा—११ देउरालीमा निर्मित साझा सुविधा केन्द्र सञ्चालनमा ल्याइनेछ । थाहाका अन्य वडामा माग र आवश्यकताका आधारमा स्थानीय सीप र कलाको उपयोगबाट निर्माण हुने वस्तुहरुको प्रदर्शनी तथा विक्री कक्षहरुको निर्माण  गरिनेछ ।
  • थाहा—३ इन्द्रायणी चौरमा प्रदेश सरकारको सहयोगमा निर्माणाधीन कभर्ड हललाई आगामी आर्थिक वर्षभित्र पूरा गरी सञ्चालनमा ल्याइनेछ । थाहानगरको हरेक वडामा “एक वडा एक खेलकुद मैदान”को विकास गरिनेछ । 
  • रोजगार प्रवर्धनका लागि थाहानगरको मानव श्रोत बैंक, रोजगार दाता बैंक र बेरोजगार सूची तयार गरी नगरपालिकाको तर्फबाट आवश्यक समन्वय गरिनेछ । 
  • थाहाका युवाहरुलाई बैदेशिक रोजगारमा जान निरुत्साहनका लागि विशेष कार्यक्रम संचालन गरिनेछ । बैदेशिक रोजगारमा जान इच्छुक युवाहरुका लागि नगरपालिकाको तर्फबाट अभिमुखीकरणको व्यवस्था गरिनेछ ।

फोहोरमैला व्यवस्थापन

  • थाहानगरको १२ वटै वडामा वडाको टोलस्तरमा टोल सुधार समितिहरु गरी फोहोरमैला व्यवस्थापन  तथा सरसफाइ समितिहरु गठन गरी रियुज, रिसाइकल र रेड्युस (आर.आर.आर.) सम्बन्धी जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिइनेछ । ढल निकासको उचित व्यवस्थापन गरिनेछ । 
  • सङ्कलित फोहोरमैलालाई घरधुरी स्तरमै वर्गीकरण गरी फोहोरलाई मोहोरको रुपमा व्यवस्थापन   गरिनेछ । आवश्यक मात्रामा सेरीगेशन हाउस वा ल्याण्ड फिल्ड साइडको निर्माण गरी प्रयोगमा ल्याइनेछ । 
  • थाहा नगरको प्रत्येक सामुदायिक तथा संस्थागत विद्यालयहरुमा हरित विद्यालयअन्तर्गत् पूर्णरुपमा सर    सफाइमय बगैँचायुक्त वातावरणको सिर्जना गरिनेछ ।
  • थानाबजार, दामन, टौखेल, ओखरबजार, बिसिङ्खेल, फाँटबजार, बागेखोला जस्ता भीडभाड हुने     बजारहरुमा सार्वजनिक शौचालयको निर्माण गरिनेछ । सिमभञ्ज्याङ, शिखरकोट, खाल्डेबजार,     नौखण्डे, डाँडाबास, बज्रवाराहीजस्ता बजार क्षेत्रमा रहेका सार्वजनिक शौचालयहरुलाई थप व्यवस्थित गरिनेछ ।

जनस्वास्थ्य

  • नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत थाहानगरका प्रत्येक परिवारलाई बीमा शुल्कमा अनुदानको व्यवस्था मिलाइ सत प्रतिशत नागरिकलाई बीमा कार्यक्रमलाई प्राथमिकता दिइनेछ । 
  • वडा कार्यालयको सिफारिसको आधारमा दलित, ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिले नेतृत्व गरेको परिवारलाई स्वास्थ्य बीमामा सत् प्रतिशत अनुदानको व्यवस्था मिलाइनेछ ।
  • आगामी दुई वर्षभित्र पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गरी विशेषज्ञ चिकित्सक र अत्याधुनिक प्रविधिसहितको सेवा प्रदान गरिनेछ ।
  • आगामी तीन वर्षभित्र सिङ्गो थाहानगरलाई “जिरो होम डेलीभरी” पालिकाको रुपमा घोषणा गर्न     विशेष     अभियान सञ्चालन गरिनेछ । 
  • नगरभित्र सुत्केरी हुन नसकी नगर बाहिरको ठूलो अस्पतालमा लैजानुपर्ने महिलाहरुका लागि नगरपालिकाको तर्फबाट रु. ५ हजारसम्मको एम्बुलेन्स भाडा नगरपालिकाको तर्फबाट बेहोर्ने व्यवस्था मिलाइनेछ । 
  • गर्भवतिहरुलाई प्रत्येक गर्भजाँचको समयमा एक दर्जन अण्डा उपलब्ध गराइनेछ । 
  • दीर्घरोगीहरुले प्रयोग गर्ने निःशुल्क रुपमा प्राप्त हुने औषधिहरु वडा कार्यालयमार्फत् सम्बन्धित व्यक्तिहरुको घरघर    मै पु¥याउने व्यवस्था मिलाइनेछ ।
  • नगरमा रहेका सबै स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य केन्द्रहरुलाई ल्याब, बर्थिङ     सेन्टर, भिडियो एक्स रे, अक्सिजन कन्सन्टूेटर लगायत औषधि(उपकरणसहित व्यवस्थित गरिनेछ । 

सामाजिक सुरक्षा

  • “एमालेको अभियान, ज्येष्ठ नागरिकको सम्मान” भन्ने नारालाई सार्थकता दिन ज्येष्ठ नागरिकलाई     पौष्टिक आहारसहितको आरामपूर्ण जीवनको लागि दिवा सेवा केन्द्रहरुको निर्माण र व्यवस्थापन गरिनेछ ।
  • ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई नेपाल सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताको अतिरिक्त थाहा नगरपालिकाले पौष्टिक आहार बापत प्रति महिना रु. १ हजार उपलब्ध गराउनेछ ।         उक्त रकम चौमासिकरुपमा जनप्रतिनिधिहरुमार्फत् ज्येष्ठ नागरिकहरुकोे घरमै पुगेर वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
  • हिंसा पीडित र प्रभावितहरुको राहत, उद्धार, कानूनी सहायता, उपचार, मनोसामाजिक परामर्श र सीपमुलक कार्यक्रमको लागि नगरमा रहेका मनोविमर्श केन्द्रसहित सम्बन्धित संस्थाहरुसँगको समन्वयमा     कार्य गर्न आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
  • अति विपन्न, सीमान्तकृत, दलित र सामाजिक बञ्चितीकरणमा परेका समुदायका लागि विशेष     आर्थिक उत्थान कार्यक्रम सञ्चालन गरिनेछ । 
  • महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, परित्यक्तलगायत विभिन्न सामाजिक समूहको क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न प्रत्येक वडामा सामाजिक सुरक्षा सहजीकरण केन्द्र स्थापना गरिनेछ ।
  • ज्येष्ठ नागरिकहरुको लागि दिवा सेवा केन्द्रहरुको स्थापना र सञ्चालनमा नीतिगत व्यवस्था गरी कार्यान्वयन गरिनेछ । घर्तिखोला र महादेव स्थानमा रहेका ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रहरुलाई थप व्यवस्थित बनाइनेछ । अन्य स्थानहरुमा पनि जेष्ठ नागरिक सेवा केन्द्र स्थापनाका लागि प्राथमिकता दिइनेछ । 
  • राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरी महिलाहरुलाई सीप, क्षमताले दक्ष बनाई आय आर्जनका क्रियाकलापहरुमा संलग्न गराइनेछ । 

जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा शहरी सुरक्षा 

  • थाहानगरमा जलवायु परिवर्तनका नकारात्मक असरहरुलाई कम गर्न तथा जैविक विविधताको संरक्षण गर्न सरकारी, सामुदायिक तथा सामाजिक संघसंस्थाहरुसँग सहकार्य गरिनेछ । 
  • थाहा नगरका सामुदायिक वनहरुलाई थप व्यवस्थित गरी “सामुदायिक वन, संरक्षण र धन” कार्यक्रमअन्तर्गत् विपन्न वर्गका व्यक्तिहरुको आयआर्जनसँग जोडेर कार्यक्रम सञ्चालन गरिनेछ । 
  • कुलेखानी जलविद्युत आयोजनाबाट प्राप्त हुने राजश्वको निश्चित प्रतिशत सामुदायिक वन तथा जलाधार क्षेत्र  व्यवस्थापन कार्यक्रमका लागि विनियोजन गरिनेछ । 
  • थाहा नगरको विपद जोखिममा रहेका क्षेत्रहरुको नक्शाङ्कन गरी विपद जोखिम प्रतिकार्यका कार्यक्रमहरु   सञ्चालन गरिनेछ । 
  • नगरमा विपद जोखिम व्यवस्थापन कोषमा रहेको रकमलाई आगामी वर्षबाटै दोब्बर वृद्धि गरिनेछ । थाहाको १, ६, ७ र ११ नम्बर वडामा रहेका सामुदायिक सेल्टर भवनहरुलाई थप व्यवस्थित गरी तयारी अवस्थामा राखिनेछ । 
  • नगरको बजार क्षेत्रहरुमा निजी क्षेत्रसँगको सहकार्यमा सीसी क्यामेरा राखिनेछ । 

सूचना तथा सञ्चार

  • नगरपालिका भित्र संचालनमा रहेका सञ्चार माध्यमहरुको प्रभावकारी व्यवस्थापनका लागि मापदण्ड तथा कार्यविधि बनाई लोककल्याणकारी सन्देश प्रकाशन÷प्रशारण गरेवापत भुक्तानी दिने व्यवस्था मिलाइनेछ ।
  • नगरमा नयाँ सञ्चारकर्मी तथा पत्रकारहरुको उत्पादन गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गर्नुका साथै लेखनवृत्ति कार्यक्रमहरुको व्यवस्था गरिनेछ । 
  • नगरपालिकाभित्र क्रियाशील पत्रकारका परिवारहरुको निःशुल्क स्वास्थ्य बीमा गरिनेछ । साथै नेपाल पत्रकार महासंघको सिफारिसका आधारमा नगरका पत्रकारहरुको निःशुल्क दुर्घटना बीमा गरिनेछ ।

भू—उपयोग तथा बसोबास

  • थाहानगरमा कृषियोग्य जमिनको गैह्र कृषि क्षेत्रमा रुपान्तरण हुने प्रक्रिया तीव्र बनिरहेको र उत्पादनको श्रोतको     रुपमा रहेको भूमिको अव्यवस्थित खण्डीकरण भइरहेकोले यसलाई रोक्न तुरुन्त भू-उपयोग नीति, मापदण्ड र कार्यविधि बनाई लागू गरिनेछ ।
  • नगरपालिकाले बाँझो जग्गा उपयोगसम्बन्धी कार्यविधि पारित गरेको भए पनि कार्यान्वयनमा कमजोरी देखिएकोले     बाँझो जग्गाको अधिकतम उपयोग गर्ने विषयमा थप कार्य अघि बढाइनेछ । 
  • सम्भाव्यता हेरी नगरका विभिन्न भेगमा एकीकृत बस्ती विकासको कार्यक्रमलाई अघि बढाइनेछ ।

संस्थागत विकास तथा सुशासन

  • थाहानगरमा गणतन्त्रपछिको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि आएको ५ वर्षमा पनि संविधान प्रदत्त अधिकारहरुको कार्यान्वयन गर्न आवश्यक कतिपय ऐन नबनेकोमा ऐन निर्माण तथा कार्यान्वयनलाई जोड दिइनेछ । 
  • नगरपालिका र मातहतका कार्यालयहरुबाट प्रवाह हुने सेवालाई चुस्त, दुरुस्त बनाई परिणाममा प्रभावकारिता  ल्याउन आवश्यक संयन्त्रको विकास गरिनेछ । 
  • नगरमा आन्तरिक नियन्त्रण प्रणालीको बैज्ञानिक व्यवस्थापन गरी वेबमा आधारित सूचता तथा प्रतिवेदन प्रणालीको विकास गरिनेछ ।
  • सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण र सामाजिक परीक्षणका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले संचालन गरिनेछ ।

    
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)