Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा एमालेले हेटौंडामा बृहत सभा गर्ने

नेकपा एमालेले हेटौंडामा फागुन २७ गते बृहत सभा गर्ने भएको छ । नेकपा एमालेले केन्द्रिय कार्यालयले निर्णय गरेको मेची महाकाली अभियान अन्र्तगत हेटौंडामा पनि बृहत सभा गर्ने तयारी गरेको नेकपा एमाले मकवानपुरले जनाएको छ । २७ गते भुटनदेवी माविको चौरमा हुने बृहत सभामा १० हजार जनालाई उतार्ने तयारी नेकपा एमाले मकवानपुरले गरेको छ । 

नेकपा एमालेका अध्यक्ष केपी ओली लगायत केन्द्रिय नेताहरु सहभागी हुने मेची महाकाली अभियानमा एमाले मकवानपुरले मोटरसाइकल ¥याली, स्वागत तथा मकवानपुरमै आवासको समेत व्यवस्था गर्ने तयारी थालेको छ ।

बृहत सभाका साथै संविधान कार्यान्वयन र निर्वाचनलाई लक्षित जनपरिचालन कमिटी निर्माण भएको छ । नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको संयोजकत्वमा जन परिचालन कमिटी निर्माण भएको हो । मंगलबार भएको जन परिचालन कमिटीको बैठकले बृहत सभा तथा अभियानको स्वागतका साथै संविधान कार्यान्वयन र निर्वाचनलाई लक्षित गरी ४ वटा उप–समितिहरु निर्माण गरिएको छ । नेकपा एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठको संयोजकत्वमा आर्थिक उप–समिति, अभियानमा आएका अतिथिहरुको लागि एमाले मकवानपुरका उपाध्यक्ष बद्री लम्सालको संयोजकत्वमा आवास उप–समिति, एमाले मकवानपुरका नेता श्रीधर पोखरेलको संयोजकत्वमा स्वंसेवक उप–समिति, त्यसै गरी एमाले मकवानपुरको प्रचार विभाग र प्रेस चौतारीले प्रचार प्रसार उप–समितिलाई जिम्मा दिएको छ भने संयोजक भने तोकिएको छैन् । 

बृहत सा“स्कृतिक कार्यक्रम तथा संविधानको विषयमा नेकपा एमालेका अध्यक्ष केपी ओली लगायत केन्द्रिय नेताहरुहरुले सम्बोधन गर्ने भएका छन् ।