Saturday, 15th August, 2026
वि.स.

निषेधाज्ञा : मकवानपुरका सिडिओले गरे यस्तो आदेश(पत्रसहित)

191371184_350682116420629-1629040829.jpg

मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले ३२ साउन मध्यरातिदेखि १० भदौसम्म लागू हुनेगरी निषेधाज्ञा आदेश जारी गरेका छन् । ३१ साउनमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकको सिफारिसमा प्रजिअ पाण्डेले जिल्लामा कोरोना संक्रमणको जोखिम कायम नै रहेको भन्दै आगामी १० भदौसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् । 

मकवानपुरमा निषेधाज्ञा लम्बिए पनि बजार खुल्ला गर्ने समय भने बढाइएको छ । 

अत्यावश्यक उपभोग्य वस्तु विक्री वितरण गर्ने पसल व्यवसाय विहान ५ बजेदेखि विहान ११ बजेसम्म र अन्य व्यवसायहरु विहान १० बजेदेखि ५ बजेसम्म खुल्ला गर्नेगरी आदेश जारी भएको छ । अत्यावश्यक खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी बिक्रीवितरण गर्ने व्यवसायहरु बिहान ५ बजेदेखि विहान ११ बजेसम्म खोल्न अनुमति दिइएको छ ।

त्यस्तै इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ता चप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचर फर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्री वितरण गर्ने व्यवसायहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने गरी आदेश जारी भएको छ । सार्वजनिक सवारी साधनको हकमा भने जोर–बिजोर प्रणालीमा कुल सिट क्षमताभन्दा बढी यात्रु नराख्ने गरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म संचालन गर्न पाइनेछ ।


निजी सवारी साधनको हकमा भने जोर बिजोर प्रणालीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर संचालन गर्न पाइने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको हकमा यसअघि लगाइएको आलोपालो प्रणाली हटाएर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म नियमित रुपमा संचालन गर्न आदेश गरिएको छ  ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif