Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

निषेधाज्ञा उल्लंघन गर्ने ५ जनाविरुद्ध मुद्दा

p-1620984478.png

पर्साको वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनालाई प्रहरीले पक्रेर मुद्दा चलाएको छ । पर्सा जिल्लामा जेठ ६ सम्म लागू हुनेगरी प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञा जारी गरेका छन् ।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० घर भएका साहेव शेख, पोखरियाका हनिफ हुसेन, विन्दवासिनीका भोलाप्रसाद शाह, वीरगञ्जका मोहम्मद असरफ राइन र भारतीय नागरिक मुन्ना शाह छन् ।

उनीहरुमाथि निषेधाज्ञा उल्लंघन र प्रहरीको काम कारवाहीमा अवरोध गरेको आरोप छ । आरोपितविरुद्ध सार्वजनिक हित विरुद्धको अपराध र संक्रामक रोग ऐन–२०२० अनुसारको कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०