Wednesday, 26th August, 2026
वि.स.

निषेधाज्ञा अवधिमा पेट्रोल पम्प खोल्ने समय तोक्न माग

petrol-1620293922.jpg

अखिल नेपाल पेट्रोलियम मजदुर संघले निषेधाज्ञा अवधिमा पेट्रोल पम्पहरुको नियमित सञ्चालन समय तय गर्न माग गरेको छ । संघले पेट्रोलियम मजदुरहरुलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन र कोरोना विरुद्धको खोप लगाउन प्राथमिकता दिन पनि सरकारसँग माग गरेको छ ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीको संकटपूर्ण अवस्थामा आयल निगमले पेट्रोल पम्प खोल्न मात्र निर्देशन दिने तर श्रमिकहरुको स्वास्थ्य सुरक्षामा चासो नदिएको भन्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण लागू गर्न आग्रह गरेको छ ।

‘अन्यथा यस्तो जोखिमपूर्ण अवस्थामा इन्धन बिक्री वितरण कार्यमा संलग्न हामी श्रमिक मजदुरहरु बाध्य नहुने व्यहोरासमेत जानकारी गराउँदै माननीय मन्त्रीज्यूबाट सकारात्मक सहयोगको अपेक्षा राख्दछौं,’ संघका अध्यक्ष शिवप्रसाद पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif