Wednesday, 26th August, 2026
वि.स.

निषेधाज्ञामा महिला तथा बालबालिकाको उद्धार गर्न समिति गठन

ma-1621063611.jpg

राष्ट्रिय महिला आयोगले निषेधाज्ञाको समयमा लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचार गर्न उच्चस्तरीय अनुगमन तथा समन्वय समिति गठन गरेको छ । 

आयोगले निषेधाज्ञाको अवधिमा लैङ्गिक हिंसाका घटनाको सघन अनुगमन गर्न, लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचारलगायतका विषयमा विभिन्न निकायसँग आवश्यक समन्वय गर्न आयोगका अध्यक्षको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय अनुगमन तथा समन्वय समिति गठन गरिएको हो ।  

कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणका कारण जारी निषेधाज्ञा तथा अन्य समयमा समेत महिला, बालिका, वृद्ध, अपागङ्ता भएका व्यक्ति तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यकरुलाई राहत, उद्धार तथा अन्य प्रक्रियामा प्राथमिकता दिनका लागि आयोगले विभिन्न निकायलाई पत्राचार गरेको अध्यक्ष कमलाकुमारी पराजुलीले जानकारी दिईन्। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif