nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

निर्वाचन आयोगले कुमारी मोक्तानलाई सोध्यो २४ घण्टे स्पष्टिकरण

electioncomission1-284202-1651644987.jpg

निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

मन्त्री मोक्तान प्रचार प्रसारमा खटिएको फोटो सहितको विवरण सामाजिक सञ्जालमा भेटिएको भन्दै आयोगले स्पष्ट पार्न भन्दै पत्र लेखेको हो । आयोगले २४ घण्टा भित्र प्रमाणसहित जवाफ दिन भनेको छ । आयोगले रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेलाई पनि स्पष्टीकरण सोधेको छ । चुनाव प्रचारमा खटिएको सूचना पाएको भन्दै आयोगले उनलाई जवाफ दिन निर्देशन दिएको हो ।

आयोगले आफ्नो क्षेत्राधिकारमाथि चुनौती नदिन पनि घिमिरेलाई चेतावनी दिएको छ । आयोगले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १० का वडाध्यक्ष उम्मेदवार अमृत खनाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मतदाताको खुट्टामा एक हजारको नोट राखेर भोट माग्दै गरेको भन्दै समाचार सार्वजनिक भएपछि आयोगले उनलाई त्यो काम गरेको हो कि होइन भनी सोधेको हो ।

सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका सामग्री प्रकाशित भएको भन्दै आयोगले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई पनि स्पष्टीकरण सोधेको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)