Wednesday, 26th August, 2026
वि.स.

निर्माणाधिन पुलबाट खस्दा मजदुरको मृत्यु

dead-body-1619340350.jpg

चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने निर्माणाधिन पुलबाट मजदुर खसेका छन् । पुल निर्माणका लागी बनाएको खट भत्किँदा भारत घर भएका ४३ वर्षीय विजय यादवको मृत्यु भएको हो ।

दुर्घटनामा परेर ७ जना मजदुर घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवनका एसपी ओम अधिकारीले बताए । मृतक यादव भारतको बेतियाका हुन् ।

आइतबार विहान त्रिशुलीमा मजदुर खसेको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif