Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

निजी बिद्यालयद्वारा थाहानगर प्रमुखलाई ध्यानाकर्षण 

Regmi-1595078293.jpg

केन्द्रीय निर्देशनको अक्षरस पालना गर्ने भन्दै ३ साउनदेखि शैक्षिक कृयाकलाप बन्द गरेको निजी बिद्यालयहरुले थाहानगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । निजी तथा आवाशीय विद्यालय अर्गानाइजेशन नेपाल प्याब्सन थाहानगर कार्यसमितिले शनिबार नगर प्रमुख लवशेर बिस्टलाइ पत्र बुझाएका हुन् ।

नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले कोभिड १९ ले शिक्षा क्षेत्रमा पारेको प्रभाबबारे बोल्दै नगर प्रमुख बिस्टलाइ ६ बुदे पत्र बुझाएका थिए । पत्रमा बिद्यालयमा कार्यरत शिक्षक कर्मचारीको व्यवस्थापन, दैनिक व्यवस्थापन खर्च लगायतका लागि जेठ महिनादेखिको शुल्क असुली गर्ने वातावरण मिलाइ पठन पाठन नियमित गर्ने वातावरण बनाउन भनिएको छ ।

पत्रमा तत्काललाई जोड विजोड प्रणाली लागू गरेर भएपनि कक्षा सन्चालनको ब्यवस्था मिलाउन भनिएको छ । पत्र बुझाउन नगर कार्यसमितिका पदाधिकारीहरुको सहभागिता थियो । सो अवसरमा नगर शिक्षा प्रमुख शोभाकर रेग्मीको पनि उपस्थिती थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०