Wednesday, 26th August, 2026
वि.स.

निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट राख्नुपर्ने

Ministry-of-Health-1620835634.jpg

कम्तीमा १०० बेड क्षमता भएका निजी तथा सामुदायिक अस्पतालहरुले अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भएको छ ।

कोरोना संक्रमण बढेसँगै अक्सिजन अभाव देखिएको छ र थुप्रै निजी अस्पतालले नयाँ संक्रमित भर्ना नलिने घोषणा गरेका छन् । धेरै निजी अस्पतालमा अक्सिजन प्लान्ट छैन । सरकारले अस्पतालहरुको कोटा तोकेपछि कोटा अनुसारको अक्सिजनले नपुग्ने भन्दै अस्पतालहरुले नयाँ बिरामी भर्ना नलिने घोषणा गरिरहेका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा १०० बेड भएका निजी तथा सामुदायिक अस्पतालहरुले १५ भित्र अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif