Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

नयाँ ट्याक्टर खरिद गर्दै थाहा नगरपालिका

थाहा नगरपालिकाले नयाँ ट्याक्टर खरिद गर्ने भएको छ । नयाँ ट्याक्टरको खरिदको लागि खरिद प्रक्रिया अघि बढिसकेको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । 

नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ट्याक्टर खरिद गर्न गत १३  असारमा बोलपत्र आह्वान गरेको थियो । ५५ हर्सपावरको चार पाङ्ग्रे ट्याक्टर खरिद गर्न लागेको नगरपालिकाले जनाएको छ । 

अहिले नगरपालिकामा एक दमकल, एक ब्याक्हो लोडर, एक रोलर र अन्य साना गाडीहरु रहेका छन् । अब ट्याक्टर थपिएपछि उक्त ट्याक्टरलाई फोहोरमैला व्यवस्थापन तथा सरसफाइ, विपद व्यवस्थापन, भौतिक निर्माण लगायतका क्षेत्रमा प्रयोग गरिने नगरपालिका विपद व्यवस्थापन फोकल पर्सन अनिल लामिछानेले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०