Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगर प्रमुख विष्टले गरे थाहा युथ इन्भेष्टमेन्टको अभियानमा सहयोग

2-1624168812.jpg

थाहा नगरपालिका–१० का युवाहरुको संस्था “थाहा युथ इन्भेष्टमेन्ट” को अभियानमा थाहा नगरप्रमुख लवशेर विष्टले साथ दिएका छन्। सडकका भोकाहरुको भोक मेटाउने अभियानमा लागेका समूहलाई व्यक्तिगत रुपमै भेटेर थाहा नगरपालिकाका मेयर विष्टले सदैब आफ्नो साथ र सहयोग रहने बताए ।

No description available.
कोरोना भाइरस (कोभिड १९) को यस विषम परिस्थितिमा मानव सेवामा लागेका आफ्नो नगरका युवाहरुका कामको प्रसंसा गर्दै प्रमुख विष्टले अभियानलाई व्यक्तिगत रुपमा १० हजार रुपैयाँ समेत सहयोग गरेको अभियानका सचिव जितेन्द्र मगरले जानकारी दिए । 

No description available.
“भोकमुक्त, नाङ्गोमुक्त, भेदभावमुक्त” भन्ने नारालाई आत्मसात गरिरहेको इन्भेस्टमेन्टले यस महामारीको समयमा ३३ दिन देखि दैनिक करिब ४ सय जनालाई निःशुल्क खाना वितरण गर्दै आएका छन् ।

No description available.
इन्भेस्टमेन्ट ले ४३ दिनदेखि हालसम्म १ सय ५३ वटा अक्सिजन सहयोग गरिसकेको छ भने २७ घर परिवारलाई खाद्यान्न सहयोग गरेको मगरले जानकारी दिए । 

 

 

No description available.

No description available.

 



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।