nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नगर प्रमुखमा हेटौंडामा हरिबलको ह्याट्रिक, उपप्रमुखमा लामाको फराकिलो जित

पहिलो चरणमा चसनाव भएका २८३ स्थानीय तह मध्ये एक मात्र हेटौँडा उपमहानगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका हरिबल महत र उपप्रमुखमा मिना लामा विजय भएकाछन् । मतहले ३२ हजार १ सय २४ मत सहित विजयी भएका हुन् भने महत्रमा निकटतम प्रतिद्वन्द्धी आनन्दराम पराजुलीले २२ हजार ५ सय ९ मात्र मत पाए । 

कांग्रेस÷माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै महत तथा लामा विजयी भएका हुन् । नगर उपप्रमुखमा एमालेकी लामाले गठबन्धनको तर्फबाट माओवादी केन्द्रका बलराम बललाई   पराजित गरेकी हुन् ।  लामाले २३ हजार ४३६ मत पाइन भने बलले १७ हजार ११ मात्र मत पाए ।
हेटौंडामा एमालेले बहुमत वडाध्यक्ष जितेर एमाले उपमहानगरमा बिजेता बनेको छ । हेटौंडा एमालेको लालकिला मानिन्छ । आजसम्मका सबै चुनावमा हेटौडा नगरमा एमाले बाहेक अरु पार्टीले जितेका छैनन् । ०४९ र ०५४ मा एमालेका डोरमणि पौडेलले मेयर जित्दा हरिबोल महत दुवैपटक उपमेयर जितेका थिए । यो संयोग नै मान्नुपर्छ, शुरुदेखि नै मतगणनामा पछि पर्दै गएका महतलाई अग्रता दिलाउने वडा पनि डोरमणिकै भयो । हेटौंडाका युवामाझ उनी हरिबल दाइका रुपमा प्रख्यात छन् । खेलाडी भएका कारण पनि उनी युवाबीच बढी लोकप्रिय छन् । मार्सल आर्ट, भलिबल र तेक्वान्दोका खेलाडी महत जिल्ला खेलकुद विकस समितिका पनि संस्थापक नै हुन् ।

५८ वर्षीय महत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का बासिन्दा हुन् । ३१ वर्षअघि अर्थात २७ वर्षको उमेरमै तत्कालीन हेटौंडा नगर पञ्चायतको वडाध्यक्ष निर्वाचित भएका थिए । उनी एमालेको जिल्ला सचिवालय सदस्य तथा हेटौंडा उपमहानगर रहेकै ३ नम्बर क्षेत्रीय इञ्चार्ज छन् । हरिबोल महतको विशेषता नै हो कि उनले कुनै चुनाव हार्नुपरेको छैन । ०४३ देखिका सबै चुनाव जित्दै आएका महतका लागि यसपटक ठूलो खड्गो टरेको छ । 
पहिलो ह्याट्रिक हेटौंडा उपमहानगरपालिकामा तेस्रो पटक एमाले जितेर भएको छ भने अर्को ह्याट्रिक भनेको लगातार ४ पटक हेटौंडामा वडाध्यक्ष, उपमेयर र मेयर जितेर उनी आफैंले गरेका छन् ।

अझ रोचक प्रसंग चाहिँ के भने यसपटक उनी मेयरको लडाइमा रहँदा घरभित्रैबाट चुनौति थियो । उनका सहोदर भाइ भीमसेन महत नेकपा मालेबाट मेयरको उम्मेदवार थिए । घरकै भोट बाँडिने अवस्थाबाट उनी चुनाव लडिरहेका थिए । तर उनले जितेरै छाडे ।


हेटौंडा उपमहानगरपालिकामा नगर प्रमुखको रुपमा विजेता भएका महत र उपप्रमुख पदमा विजेता लामा दुवैलाई विकासखबर डटकमको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।