Thursday, 2nd July, 2026
वि.स.

नगर प्रमुखमा हेटौंडामा हरिबलको ह्याट्रिक, उपप्रमुखमा लामाको फराकिलो जित

पहिलो चरणमा चसनाव भएका २८३ स्थानीय तह मध्ये एक मात्र हेटौँडा उपमहानगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका हरिबल महत र उपप्रमुखमा मिना लामा विजय भएकाछन् । मतहले ३२ हजार १ सय २४ मत सहित विजयी भएका हुन् भने महत्रमा निकटतम प्रतिद्वन्द्धी आनन्दराम पराजुलीले २२ हजार ५ सय ९ मात्र मत पाए । 

कांग्रेस÷माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै महत तथा लामा विजयी भएका हुन् । नगर उपप्रमुखमा एमालेकी लामाले गठबन्धनको तर्फबाट माओवादी केन्द्रका बलराम बललाई   पराजित गरेकी हुन् ।  लामाले २३ हजार ४३६ मत पाइन भने बलले १७ हजार ११ मात्र मत पाए ।
हेटौंडामा एमालेले बहुमत वडाध्यक्ष जितेर एमाले उपमहानगरमा बिजेता बनेको छ । हेटौंडा एमालेको लालकिला मानिन्छ । आजसम्मका सबै चुनावमा हेटौडा नगरमा एमाले बाहेक अरु पार्टीले जितेका छैनन् । ०४९ र ०५४ मा एमालेका डोरमणि पौडेलले मेयर जित्दा हरिबोल महत दुवैपटक उपमेयर जितेका थिए । यो संयोग नै मान्नुपर्छ, शुरुदेखि नै मतगणनामा पछि पर्दै गएका महतलाई अग्रता दिलाउने वडा पनि डोरमणिकै भयो । हेटौंडाका युवामाझ उनी हरिबल दाइका रुपमा प्रख्यात छन् । खेलाडी भएका कारण पनि उनी युवाबीच बढी लोकप्रिय छन् । मार्सल आर्ट, भलिबल र तेक्वान्दोका खेलाडी महत जिल्ला खेलकुद विकस समितिका पनि संस्थापक नै हुन् ।

५८ वर्षीय महत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का बासिन्दा हुन् । ३१ वर्षअघि अर्थात २७ वर्षको उमेरमै तत्कालीन हेटौंडा नगर पञ्चायतको वडाध्यक्ष निर्वाचित भएका थिए । उनी एमालेको जिल्ला सचिवालय सदस्य तथा हेटौंडा उपमहानगर रहेकै ३ नम्बर क्षेत्रीय इञ्चार्ज छन् । हरिबोल महतको विशेषता नै हो कि उनले कुनै चुनाव हार्नुपरेको छैन । ०४३ देखिका सबै चुनाव जित्दै आएका महतका लागि यसपटक ठूलो खड्गो टरेको छ । 
पहिलो ह्याट्रिक हेटौंडा उपमहानगरपालिकामा तेस्रो पटक एमाले जितेर भएको छ भने अर्को ह्याट्रिक भनेको लगातार ४ पटक हेटौंडामा वडाध्यक्ष, उपमेयर र मेयर जितेर उनी आफैंले गरेका छन् ।

अझ रोचक प्रसंग चाहिँ के भने यसपटक उनी मेयरको लडाइमा रहँदा घरभित्रैबाट चुनौति थियो । उनका सहोदर भाइ भीमसेन महत नेकपा मालेबाट मेयरको उम्मेदवार थिए । घरकै भोट बाँडिने अवस्थाबाट उनी चुनाव लडिरहेका थिए । तर उनले जितेरै छाडे ।


हेटौंडा उपमहानगरपालिकामा नगर प्रमुखको रुपमा विजेता भएका महत र उपप्रमुख पदमा विजेता लामा दुवैलाई विकासखबर डटकमको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।