Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नक्कली नेपाली र भारतीय रुपियाँसहित तीन जना पक्राउ

nakkali-not-1595136506.jpg

ठूलो परिमाणको नेपाली र भारु नक्कली नोटसहित बाराको महागढीमाइ नगरपालिका–२ बरियापुरबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

नक्कली रुपैयाँ तथा लागुऔषध कारोबार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा एक जना भारतीय नागरिक र दुई जना नेपाली नागरिकलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ ।

ब्युरोका अनुसार भारत मोतीहारीका २५ वर्षीय सुधिरकुमार कुशवाह, बारा सिम्रनगढ–४ का २६ वर्षीय मनोज साह तेली र बाराकै आदर्श कोटवाल ६ का ३० वर्षीय नरेन्द्रप्रसाद कुशवाह पक्राउ परेका हुन् । उनीहरूका साथबाट नक्कली नेपाली रुपैयाँ १५ लाख ४४ हजार ४ सय र नक्कली भारतीय रुपैयाँ एक लाख ८३ हजार ६ ५० रुपैयाँ बरामद गरिएको ब्युरोले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बोरामा हालेको अवस्थामा उनीहरूबाट नक्कली नेपाली रुपैयाँ एक हजारका एक हजार ४७० वटा र एक सयका ७४४ वटा नोट फेला पारिएको थियो ।

नक्कली भारतीय रुपैयाँ ५ सयका २९७ वटा र ५० का ७०३ वटा फेला पारिएको ब्युरोले जनाएको छ । उनीहरूबाट ना। ५४ प ३८०५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०