Wednesday, 26th August, 2026
वि.स.

धारिलो हतियार प्रहार गरी हत्या

murder-1593928729.jpg

कञ्चनपुर पुनर्वास नगरपालिकाको–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट गए राति हत्या गरिएको छ ।

छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले बताउनुभयो । धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गर्ने कार्यमा संलग्न खड्का भने फरार रहेका छन् ।

फरार रहेका खड्काको खोजीकार्य जारी छ । “घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ”, प्रहरी नायब उपरीक्षक थापाले भन्नुभयो, “के कारणले हत्या भएको रहेछ भन्नेबारे अनुसन्धानको कार्य भइरहेको छ ।”

कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको उहाँले बताउनुभयो । राति १० बजेको समयमा हत्या भएको बताइएको छ ।
रासस



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif