Wednesday, 26th August, 2026
वि.स.

धादिङमा सात जना कोरोना संक्रमित थपिए

positive-1591866867.jpg

 धादिङमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको क्वारेन्टिनमा बसेका सात जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रमुख शम्भुकुमार थापाले जानकारी दिए ।

उनीहरूमध्ये सबैजना १२ दिनअघि भारतबाट आएर गाउँपालिकाको क्वारेन्टिनमा बसेका थिए । सुरुमा आरडीटी विधिबाट परीक्षण गरे पनि त्यसमा विश्वास नभएर फेरि ५५ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको थापाले जानकारी दिए ।

गाउँपालिकाका सातवटै वडामा एक/एक वटा क्वारेन्टिन बनाइएको छ । जसमध्ये वडा नं १ सल्यानटारको क्वारेन्टिनमा रहेका एक जना र वडा नं ६ कालिन्चोकको क्वारेन्टिनका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरूको जेठ २१ र २४ गते स्वाब संकलन गरेर पठाइएको थियो ।संक्रमित व्यक्तिलाई गाउँपालिकाकै स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा राखिने अध्यक्ष थापाले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif