nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दोस्रो निर्वाचन रोक्न प्रचण्डको राजीनामाः पहरी

युवा संघ नेपालका अध्यक्ष राजीव पहरीले दोस्रो चरणको निर्वाचन रोक्ने उद्देश्यका साथ प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएको आरोप लगाएका छन् । 

पहिलो चरणको निर्वाचनमा एमालेले सफलता हात पारेपछि डराएको माओवादीले दोस्रो चरणमा पनि एमाले नै पहिलो पार्टी हुने देखेर निर्वाचन रोक्न षड्यन्त्र गरेको उनको आरोप थियो । १८ जेठमा मनहरी गाउँपालिकाका बिजयी जनप्रतिनिधिहरुसँग भएको साक्षात्कारमा उनले यस्तो धारणा राखेका हुन् । 

उनले भरतपुर महानगरपालिकामा जारी मतगणनामा भएको माओवादी हस्तक्षेपको निन्दा गर्दै देवी ज्ञवाली वा रेणु दाहालले हार्ने र जित्ने भन्दा पनि लोकतन्त्रले हार्छ कि जित्छ भनेर एमालेले चिन्ता व्यक्त गरेको बताए । आफ्ना छोरीलाई मेयर बनाउने र छोरालाई पदक दिएर सम्मान गर्ने प्रचण्डले राष्ट्रहीतमा काम नगरेको उनको भनाई थियो । 

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, युवा संघ अञ्चल कमिटी सचिव नवीन सुवेदी, केन्द्रीय सचिवालय सदस्य रमेश आचार्य, केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज प्रताप डल्लाकोटी, प्रेस चौतारी ३ नं प्रदेशका सदस्य शिवकुमार काशी, नेकपा एमाले जिल्ला कमिटी सदस्य गौतम लामा लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेकपा एमाले मनहरी गाउँपालिका संगठन कमिटीका सह संयोजक नवराज सुवेदीको संयोजकत्वमा भएको हो ।