nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

देशका सबै सामुदायिक क्याम्पसमा २ वर्षसम्म निःशुल्क इन्टरनेट

Depositphotos_167016454_l-1626925179.jpg

दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरञ्चार प्राधिकरणले अब देशका सम्पूर्ण सामुदायिक क्याम्पसमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । सरकारको नीतिगत निर्देशनका आधारमा प्राधिकरणले चालु आर्थिक वर्ष २०७८र०७९ को बजेटमार्फत यो कार्यक्रम अघि बढाएको हो ।

यसअघि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको निर्देशनमा यो कार्यक्रम अघि सारिएको थियो । गुरुङको निर्देशनमा पहिलो चरणमा प्राधिकरणले भूकम्पबाट अतिप्रभावित ८ जिल्लाका सामुदायिक विद्यालयबाट यसको प्रक्रिया अघि बढाएको थियो । तर, अब भने प्राधिकरणले आफ्नो बजेटमै समावेश गरेर देशका सबै सामुदायिक क्याम्पससम्म निःशुल्क इन्टरनेट दिने योजना अघि बढाएको हो ।

त्यसका लागि प्राधिकरणले ७० करोडको बजेट पारित गरेको छ । जसमा सामुदायिक क्याम्पसका साथै सामुदायिक आधारभूत विद्यालयमा समेत इन्टरनेट उपलब्ध गराइने छ । त्यसरी उपलब्ध हुने इन्टरनेट दुई वर्षसम्मका लागि निःशुल्क रुपमा प्रयोग गर्न सकिने उल्लेख छ ।

प्राधिकरणका अनुसार हाल भूकम्पबाट अतिप्रभावित ८ जिल्लाका सामुदायिक क्याम्पससँग सम्झौताको काम भइरहेको छ । त्यसका लागि विश्वविद्यालयको सिफारिसमा कलेजले आवेदन दिनसक्ने जनाइएको छ । टेकपानाबाट