Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

देउसी भैलाको रकमबाट खानेपानी ट्याङ्की निर्माण

pani-tyanki-1621496221.jpg

मकवानपुरगढी गाउँपालिका वडा नं.२ भालुन्टारका स्थानीयले देउसी भैलो कार्यक्रमबाट संकलित रकम खानेपानी ट्याङ्की निर्माणमा खर्च गरेका छन् ।  देउसी भैलो कार्यक्रमबाट संकलित ९ हजार ५ सय ७५ रुपैयाँ खानेपानी ट्याङ्की निर्माणमा खर्च गरेको हो ।

तत्कालिन मकवानपुरगढी गाउँविकास समितिबाट बिनियोजित रु ५० हजार र स्थानीयहरुको जनश्रमदानमा  पानी ट्याङ्की निर्माण गरिएपनि पुर्णरुप भने पाएको थिएन । बर्षाको कारण खानेपानी ट्याङ्की जिर्ण हुँदै गएपछि देउसी भैली कार्यक्रमबाट संकलित रकम र स्थानियहरुको जनश्रमदानमा पानी ट्याङ्की पुर्णरुपमा निर्माण गरिएको हो ।

गाउँका स–साना विकास निर्माणको काम गर्न सरोकार निकाय बजेट भन्दा पनि स्थानीयहरुको सक्रियतामा गर्न सकिने स्थानियहरुको भनाई छ । यसअघि पनि देउसी भैलीबाट उठेको रकमले जस्तापाता खरिद गरी ट्याङ्कीको छानो हालिएको स्थानियहरुको बताउँछन्।

खानेपानी ट्याङ्की मर्मत पश्चात खानेपानी आपुर्तीमा सहज हुने स्थानिय उपभोक्ताहरु बताउँछन् । उक्त खानेपानी ट्याङ्कीबाट भालुन्टारका ४० घरधुरीहरु लाभान्वत छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०