Saturday, 15th August, 2026
वि.स.

देउरालीमा पहिरो, भिमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

Deurali_pahiro_ejbNxysxws-1630040996.jpg

मकवानपुरको देउरालीमा पहिरो खस्दा हेटौंडा हुँदै काठमाडौँ जाने छोटो दुरीको मार्ग भिमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ ।

बिहिबारदेखि परेको अविरल वर्षाका कारण सो सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–६ देउरालीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरोका कारण दुईतर्फी नै यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

लगातार वर्षा भइरहेकोले पहिरो हटाउन समस्या भएको उनले बताए । वर्षा केही कम हुनासाथ पहिरो पन्छाउने कार्य सुरु गरि यातायात सन्चालन गरिने उनको भनाइ छ ।

उनले सो सडक खण्डबाट हेटौंडा हुँदै काठमाडौंको यात्रामा रहेकाहरुलाई वैकल्पिक सडकको प्रयोग गर्न सुझाव दिएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif