Friday, 3rd July, 2026
वि.स.

दुर्घटना न्यूनीकरण गर्न चालकको निःशुल्क आँखा र कान परीक्षण

driver-1612255986.jpg

गाडी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले झापामा गाडी चालकको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ । कार्यक्रम अन्तर्गत ८६ जना गाडी चालकको कान र आँखा परीक्षण गरिएको छ । 

बिर्तामोड नगरपालिकामा रहेको हनुमान कम्प्लेक्स अगाडि इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र दृष्टि आँखा अस्पताल बिर्तामोडको संयुक्त आयोजनामा सोमवार आयोजित कार्यक्रममा ३५ जनाले रक्तदान र ८६ गाडी चालकको आँखा तथा कानको परीक्षण गरिएको हो ।

जिल्लामा पछिल्लो समय सडक गाडी दुर्घटना बढेका कारण प्रहरीले समुदायसँग मिलेर दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले चालकको आँखामा समस्या हुँदा र कान नसुन्दा पनि सडक दुर्घटना बढेको हुँदा उनीहरुलाई लक्ष्य गरेर कार्यक्रम आयोजना गरिएको बताए ।

उनकाअनुसार कान नसुन्ने र आँखामा समस्या भएका चालकलाई गाडी नचलाउन र थप उपचारका लागि चिकित्सकले सल्लाह र सुझावसमेत दिएका थिए । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय व्यवसायीले रगतदान गरेका थिए ।रासस
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०