Wednesday, 26th August, 2026
वि.स.

दुर्घटनामा मकवानपुरका एकसहित तीन जनाको मृत्यु

accident-1618723434.jpg

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नवलपुर दाउन्नेमा भएको बस दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका ईलाम बस्ने २५ वर्षीय धनु दर्लामी, मकवानपुर बकैया गाउँपालिका–५, घर भएर विनयी त्रिवेणी गाउँपालिका–२, गुम्बामा बस्ने ५७ वर्षीय ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५, बस्ने ७२ वर्षीय हिमलाल न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २८ जनाको भरतपुर र नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए । ना ५ ख ७००० नम्बरको बस शनिबार बेलुका नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्नेमा दुर्घटना भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif