Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

दुर्घटनामा दुई जनाको मृत्यु

dead-body-1621496536.jpg

मोरङको पथरीमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परेका तीन जना गम्भीर घाइते छन् ।पथरीशनिश्चरे नगरपालिका २ जयचौकस्थित पूर्व–पश्चिम राजमार्गमा बिहिबार बिहान  दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । 

दुर्घटनामा परि  मोरङको रंगेली नगरपालिका ३ रन्जनीका ७६ वर्षे विष्णुमाया सिवाकोटी र झापाको झापा गाउँपालिका ६ शरणमतीका ६० वर्षे लक्ष्मी भन्ने लिलानाथ पौडेल मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ गइरहेको  ना २ ख ९४७३ नम्बरको मालवाहक सवारीसाधनले सोही दिशाबाट आएको मे १ च १८५१ नम्बरको स्करपियोलाई  ठक्कर दिँदा दुर्घटनामा परेको हो ।

ट्रकको ठक्करबाट स्कारपियोमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जना गम्भीर घाइते भएको डिएसपी राईले जानकारी दिए । दुर्घटनामा परी  झापा बिर्तामोड नगरपािलका २ चारपानेका ३३ वर्षे बिकास उप्रेती, सोही ठाउँका ४५ वर्षे बिनिता पौडेल र हल्दीवारी गाउँपालिका ५ का २५ वर्षे रोशन उप्रेती रहेको प्रहरीले जनाएको छ । घाइतेको विराटनगर स्थित गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनीहरु बिरामी भेट्नका लागि विराटनगर तर्फ आउँदै गर्दा दुर्घटनामा परेको बताइएको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०