Wednesday, 26th August, 2026
वि.स.

जंगलमा दुई युवती मृत फेला

death-1593850460.jpg

 कैलालीको धनगढीमा दुई युवती मृत भेटिएकी छन्। उप–महानगरपालिका वडा नम्बर ७ को बेली जंगलमा दुई युवती मृत भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतीक विष्टले दुई युवतीको शव भेटिएको बताए। उनका अनुसार वडा नम्बर ७ कै १९ वर्षीया गोमा विक र २३ वर्षीया करिश्मा राउतको शव भेटिएको हो।

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। युवती मृत भेटिएको स्थानमा सेल्फास नामक विषादी फेला परेकाले विष सेव गरी आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ।उनीहरु दुवै युवतीहरु सँगै बस्दै आएको खुलेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif