Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

दामन र चित्लाङमा छायाँकन भएको म्युजिक भिडियो सार्वजनिक [हेर्नुहोस् भिडियो]

मकवानपुरको पर्यटकीय क्षेत्र दामन र चित्लाङका दृश्यहरु कैद गरिएको मकवानपुरे कलाकार भुपेन्द्र रानाको अभिनय रहेको म्युजिक भिडियो १० भाद्रमा सार्बजनिक भएको छ । 

‘तिम्रो माया’ बोलको गीतमा रानाले अभिनय गरेका छन् । रानासंगै भिडियोमा रीता केसीको समेत अभिनय देख्न सकिन्छ । राना र केसी दुबैको यो डेब्यु म्युजिक भिडियो हो । 

सो भिडियोको कथा वस्तु आषिष अस्लामीले तयार पारेका हुन् भने म्युजिकमा पनि उनकै स्वर रहको छ । गीतको रेकर्डिङ हेटौंडाको एमएमआई प्रोडक्सन स्टुडियोमा सुमन तामाङले गरेका हुन् ।  भिडियोको निर्देशन र सम्पादन एजे टिम हेटौंडाका अजय वाइबाले गरेका हुन् । 

हेर्नुहोस् भिडियो:

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०