Saturday, 15th August, 2026
वि.स.

दामनमा हिमपात, थाहाका डाँडाकाँडा सेताम्मे

IMG_20220204_085017-1643943949.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्याङ, दामन लगायत डाँडापाखामा भारी हिमपात भएको छ । हिमपातपछि त्रिभुवन राजपथकाे सडकमा हिउँ जम्दा सवारी आवागमन बन्द भएकाे छ ।

गएराति वर्षा संगै हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।  २१ माघ विहान पालुङबाट हेटाैँडाका लागि छुटेका सवारीहरु हिउँका कारण अघि बढ्न नसकेपछि पालुङतर्फ नै फर्किएका छन् ।

पर्यटकीय क्षेत्र दामन-सिमभञ्याङसहित थाहाका कालीभञ्ज्याङ, केसरीभञ्ज्याङ, काेटथुम्की, देउराली लगायत अग्ला डाँडापाखामा हिउँ परेर सेताम्मे भएका छन् ।

थाहानगरमा यस वर्ष हिमपात भएकाे याे तेस्राे पटक हाे । यसपटक यसअघिकाे तुलनामा बढी हिउँ जमेकाे स्थानीय बासिन्दाले बताएका छन् । राती परेर राेकिएकाे हिमपात दामन आसपासमा अहिले फेरि शुरु भएकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

IMG_20220204_085017-1643943954.jpg
IMG_20220204_085017-1643943957.jpg






Thaha-002-1774415222.gif