Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

दामनमा व्यक्तिगत घटना दर्ता तथा खोप कार्यक्रम
-दावा शेर्पा

dawa-1624282991.jpg

थाहा  नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालन भइरहेको व्यक्तिगत घटना दर्ता अभियानअन्तर्गत ७ असारमा वडा नम्बर ४ का विभिन्न स्थानमा सञ्चालन भएका छन् । 

दामनस्थित सहरी स्वास्थ्य केन्द्रमा भएको ब्यक्तिगत घटना तथा सामाजिक सुरक्षा भत्ता अन्लाइन दर्ता कार्यक्रम अन्तर्गत ७ असारमा वडा नं. ४ एकल महिला–४, जन्मदर्ता–३ र ज्येष्ठ नागरिक १ जनाले ब्यक्तिगत  घटना तथा सामाजिक सुरक्षा कोषमा आफ्नो नाम दर्ता गराएका छन् । 

सूचना सम्प्रेषणमा ब्यवहारिक कठिनाइ भएकोले पहिलो दिन निकै कम सहभागिता रहेको कर्मचारीहरुले बताएका छन् । 

७ असारमै सो केन्द्रमा नियमित खोप कार्यक्रम पनि सञ्चालन भएको छ । कोरोना महामारीको कारण जेठ महिनामा रोकिएको खोप सुचारु गरिएको हो । ५९ जना बच्चाहरुलाई खोप लगाइएको स्वास्थ्यकर्मीले बताएका छन् ।