Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

वनस्पती उद्यान दामनलाई पर्यटन प्रवद्र्धनसंग जोडौं–नगर प्रमुख विष्ट

Daman-1604237888.jpg
  • दावा शेर्पा, दामन

थाहानगर प्रमुख लवशेर विष्टले पर्वतीय वनस्पति उद्यान दामनलाई पर्यटन प्रवद्र्धन, अध्ययन र अनुसन्धानको क्षेत्रमा विशेष जोड दिनुपर्ने बताए । प्रमुख विष्टले स्थानीय सरकारले आवश्यक सहयोग गर्ने  प्रतिवद्धता व्यक्त गर्दै उद्यानमा उत्पादित जडिबुटीहरुलाई बजारीकरण गर्न सकिने र वार्षिक वनस्पति महोत्सवको आयोजना गरि सशुल्क रूपमा टिकेटिङको पनि व्यवस्था गरे उत्तम हुने सुझाव दिए । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ दामनमा रहेको वनस्पती उद्यान दामनमा समन्वयात्मक छलफल कार्यक्रममा प्रमुख विष्टले यस्तो बताएका हुन् । जिल्ला वनस्पती कार्यालय मकवानपुरको आयोजनामा १६ कात्तिकमा छलफल कार्यक्रम भएको हो । 

कार्यक्रममा प्रमुख विष्टले जिल्ला वनस्पति कार्यालयका प्रमुख रघुराज पराजुलीले नेपालमा भएका जम्मा ११ वटा वनस्पति उद्यान मध्य पर्वतीय वनस्पति उद्यान भने दामनमा मात्रै भएको र मकवानपुरमै ३ वटा वनस्पति उद्यानहरु हेटौंडाको बृन्दावन उद्यान,टिष्टुङ उद्यान र दामन पर्वतिय उद्यान रहेको बताए । उनले जिल्लाकै तीन उद्यानमध्ये दुईवटा थाहा नगरमा रहेको जानकारी दिए । वनस्पति उद्यान बिशेषतः मनोरञ्जन, अध्ययन र अनुसन्धान उद्देश्यको निम्ति भएको बताउँदै यसको संरक्षण आवश्यक भएको औल्याए । प्रमुख पराजुलीले निकट भबिस्यमा नै पर्वतीय वनस्पति उद्यान भित्र पैदलमार्गको योजना बनाई वातावरण मैत्री पर्यटन प्रवद्र्धन गरिने बताए ।    

जिल्ला वनस्पति कार्यालय मकवानपुरका नवनियुक्त प्रमुख रघुराज पराजुली समेतको उपस्थितीमा भएको कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक सिं लामा, करुणाभुमी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बिनोद कुमार लामा, स्थानीय पर्यटन ब्यबसायी तथा एभरेष्ट युवा विकास क्लबका महासचिव दावा शेर्पा लगायत स्थानीय बासिन्दाहरु र वनस्पति कार्यालयका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वानस्पतिक अध्ययन, अनुसन्धान, पर्यटन प्रवद्र्धन, नीति तथा योजना  निर्माण लगायतको विविध विषयहरुमा आपसी छलफल र समन्वय गरिने बताइएको थियो । 

थाहा नगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक सिं लामा, करुणाभुमी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बिनोद कुमार लामालगायतले वनस्पति उद्यानलाई प्रमुखतः अध्ययन, अनुसन्धान र वातावरण मैत्री पर्यटकीय क्षेत्रको विकासका लागि सहयोगी सावित हुनुपर्ने बताए । उनले अनुसन्धानका साथै पर्यटनमैत्री विकासका लागि योजना बनाई कार्य गर्न उद्यानलाई सुझाव दिए । जिल्ला वनस्पति कार्यालय मकवानपुरको प्रमुखको उपस्थितीमा भएको पहिलो कार्यक्रम उत्साहजनक, प्रभावकारी रहेको स्थानीय एभरेष्ट क्लबका महासचिव दावा शेर्पाले बताए । 
 
वि.सं.२०२१ सालमा राजा महेन्द्रको शासन कालमा ६५ हेक्टर क्षेत्रफलमा फैलिएका दामनमा पर्वतिय वनस्पति उद्यान स्थापना गरिएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०