Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

दामनकाे कालाेपत्रे गुणस्तरहीन, १५ माघसम्म काम राेक्न निर्देशन

IMG_20211226_201655-1640529273.jpg

त्रिभुवन राजपथको दामन र टिष्टुङ खण्डमा गरिएको कालोपत्रे गुणस्तरहीन भएकाे भन्दै  सडक डिभिजन कार्यालय हेटाैडाले  निर्माण कम्पनीलाई तत्काल काम रोक्न निर्देशन दिएको छ । 

निर्माणको जिम्मा पाएको रोजन निर्माण सेवाले नौविसेमा पकाएको कालोपत्रे दामन र टिष्टुङसम्म ल्याएर काम गर्दा गुणस्तरीय हुन नसकेकोले तत्काल काम राेक्न निर्देशन दिएकाे डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर लोमस उपाध्यायले जानकारी दिए । अत्याधिक चिसाेका कारण कालाेपत्रे जारी राख्न उपयुक्त नहुने र ४० किलाेमिटर टाढाबाट ल्याउँदा त झनै प्रभावहिन हुने प्राविधिकहरुकाे भनाइ छ । कालाेपत्रे 'कामै नलाग्ने' गरेकाे भन्दै स्थानीयले शुरुदेखि नै विराेध गर्दै आएका छन् । 

स्थानीयकाे गुनासाे र फिल्ड अनुगमनका आधारमा अब पुनः कालाेपत्रे शुरु गर्दा  साइटनजिकै प्लान्ट राखेर काम गर्न डिभिजनले निर्देशन दिएको छ । डिभिजनका सूचना अधिकारी  उपाध्यायका अनुसार १५ माघसम्म कालाेपत्रेकाे काम रोक्न निर्देशन दिइएकाे छ। 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०