Saturday, 18th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

दशैँ बिदापछि थाहाका सरकारी कार्यालय खुले, सेवाग्राही अत्यन्तै कम

IMG_20211018_131052-1634542094.jpg

दशैंको विदा सकिएसँगै थाहानगरका सबैजसो सरकारी कार्यालय खुलेका छन् । कार्यालय खुले पनि सीमित कर्मचारी मात्र  कार्यालयमा उपस्थित भएका छन् ।

कार्यालयमा  सेवा लिन आउने सेवाग्राहीहरु  अत्यन्त कम मात्र आएका छन् ।

अझै पनि थाहा नगरपालिकामा  दशैको टिका थाप्न जानेहरुको चहलपहल भने कायमै छ । आफन्तको हातबाट टिका थाप्न जाने र आउनेहरु उत्तिकै रहेका छन् ।

आज टीकाको चाैँथाे दिन पनि मान्यजन तथा आफन्तबाट टीका थाप्ने र आशिर्वाद लिने क्रम चलिरहेको छ । टीकाको दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ । यस वर्ष काेजागत पूर्णिमा ३ कात्तिकमा परेकाे छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०