Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा-८ मा महिलाले लिए सिँचाइकाे जिम्मेवारी, उपभाेक्ता समितिमा सबै महिला

आर्थिक वर्ष २०७८/७९ काे लागि उपभोक्ता समिति गठनमा नगरमै अगाडि रहेकाे थाहा नगरपालिका वडा नम्बर ८ मा महिलाहरु विकासकाे नेतृत्व गर्न अग्रसर देखिएका छन् ।

थाहा-८ मा आर्थिक वर्ष २०७८/७९ काे स्वीकृत याेजना अन्तर्गत ढकालटोल-चनौटे-थुम्के-बाटोमुनी बेलाबोट सिचाइ योजना सम्पन्न गर्न महिलाहरुले अग्रसरता लिएका हुन् ।

साे याेजनामाे लागि २३ साउनमा भएकाे उपभोक्ता भेलाले सुमित्र सापकोटाको अध्यक्षतामा सबै पदाधिकारी महिला रहेकाे उपभाेक्ता समिति गठन गरेकाे छ ।

समितिकाे विवरण

अध्यक्ष - सुमित्रा सापकोटा
सचिव - सीता कुमारी सापकोटा
कोषाध्यक्ष - देउती ढकाल
सदस्य - कृष्णकुमारी सापकोटा
सदस्य - शान्ती थापा ढकाल
सदस्य - मनकुमारी सापकोटा
सदस्य - कालीकुमारी थापा

महिलामात्र रहेकाे उपभोक्ता समिति गठन भएपछि साे याेजनालाई वडा कार्यालयले नमुना याेजनाकाे रुपमा लिएकाे वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराम रुम्बाले थाहा टाइम्सलाई बताए । याेजनाकाे बजेट रु. ५ लाख रहेकाे छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०