nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा-७ को वडा अध्यक्षमा काँग्रेसका शिवराज थिङ निर्वाचित(मत–विवरणसहित)

antim-parinam-1652730478.jpg

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत् थाहा नगरपालिका वडा नम्बर ७ मा वडा अध्यक्षका उमेदवारहरुको मत पुनः गणना गर्दा वडा अध्यक्षमा नेपाली काँग्रेसका  शिवराज थिङ निर्वाचित भएका छन् । उनले ९१६ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विनायक गोलेले ९०४ मत ल्याएका छन् । वडा अध्यक्षका प्रयासी एमालेका शम्भुबहादुर खत्रीले ४०३ मत पाएका छन् । त्यस्तै राप्रपाका विश्वनाथ गर्तौलाले ९, जनता समाजवादी पार्टी नेपालका इन्द्रकुमारी ठकुरीले १५ र मंगोल नेशनल अर्गनाइजेशनका दिपक स्याङ्तानले ५ मत प्राप्त गरेका छन् ।

थाहा ७ मा वडा सदस्यहरु भने यस अघि नै निर्वाचित भइसकेका छन् । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार थाहा–७ मा सबै वडा सदस्यहरु नेकपा माओवादी केन्द्रले जितेको छ । खुल्ला सदस्यमा माओवादीका बलबहादुर गोङ्बा  र देवेन्द्र थापामगर क्रमशः ८८६ र ८६० मतसहित विजयी भएका छन् ।

महिला सदस्यमा हरिमाया बुलुन(९३५मत) र दलित महिला सदस्यमा हरिमाया विश्वकर्मा(९१० मत) निर्वाचित भएका छन् । 

थाहा ७ मा वडा अध्यक्षका उमेदवारहरुले प्राप्त गरेको मत यस्तो छ :

  • शिवराज थिङ  नेपाली काँग्रेस  :   ९१६    
  • बिनायक गोले    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : ९०४    
  • शम्भु बहादुर खत्री नेपाल कम्युनिष्ट पार्टी (एमाले) : ४०३    
  • ईन्द्र कुमार ठकुरी जनता समाजवादी पार्टी, नेपाल  : १५    
  • विश्वनाथ गर्तोला राष्ट्रिय प्रजातन्त्र पार्टी  : ९    
  • दिपक स्याङतान  मंगोल नेशनल अर्गनाइजेसन  : ५


https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)