Monday, 24th August, 2026
वि.स.

थाहा-४ मा टाेलटाेलकाे विकासबारे छलफल

IMG_20210617_212948-1623944733.jpg

दावा शेर्पा/दामन : थाहा नगरपालिका वडा नम्बर ४ काे सिमभन्ज्याङ, नारायणझ्याउ, माखु, फापरबारी, जुरेथुम लगायत बस्तीहरुकाे विकासबारे ३ असारमा छलफल भएकाे छ । 

अार्थिक वर्ष  २०७८/७९ को बजेट लक्षित गर्दै वडाध्यक्ष दिपकसिं लामा र वडा सदस्य रवि विष्टकाे उपस्थितिमा भाैतिक दुरी कायम गरी छलफल भएकाे हाे । 

छलफलमा  दामन-सिमभनञ्ज्याङ पर्यटकीय क्षेत्र भएकोले पर्यटन प्रवर्धनमा टेवा पुग्नेगरी बजेट समावेश गर्न स्थानीय पर्यटन ब्यबसायीहरुले अाग्रह गरे । 

अन्य टोलहरुले भने सडकलाई प्राथमिकता दिएका छन् । कार्यक्रममा  अहिलेसम्मको अवधिमा  साेचेजति काम हुन नसकेकाे स्थानीयले  गुनासाे गरेका थिए । उनीहरुले अबकाे वर्ष केही काम हुन सक्ने अासा व्यक्त गरे । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif