Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा-३ मा थपिए ३ सङ्क्रमित, नगरमा पुगे २६५

thaha-update-corona-thaha-1627313626.jpg

थाहा नगरपालिकाकाे वडा नम्बर ३ मा काेराेना सङ्क्रमणकाे दर बढ्दाे छ । अघिल्लाे दिन ६ जना काेराेना पुष्टि भएकाे ३ नम्बरमा ११ साउनमा थप ३ जना थपिएका हुन् । 

'३ नम्बरमा ज्वराे आउने, खाेकी लाग्ने, घाँटी खसखसाउने जस्ता लक्षण भएका त ५० भन्दा बढी छन्, तर परीक्षण गर्न गएकालाई मात्र पुष्टि भएकाे देखिएकाे हाे' एक स्थानीयले भने ।

थाहामा ११ साउनमा ७ जनालाई काेराेना पुष्टि भएकाे छ । पुष्टि हुनेमा १ का १ जना र ६ नं. का २ जना छन् । ४ नम्बरकाे १ जनालाई पनि पुष्टि भएकाे छ । तथ्यांक हेर्दा फेरि पनि वडा नम्बर १ र ६ मा जाेखिम घटेकाे छैन । वडा नम्बर १ मा ६९ र ६ मा सङ्क्रमितकाे सङ्ख्या ८० पुगेकाे छ । त्यस्तै वडा नम्बर ३ मा ४१ जना काेराेनाका बिरामी छन् । 

थाहा नगरमा अहिले काेराेनाकाे बिरामीकाे सङ्ख्या २६५ पुगेकाे छ । 

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०