Thursday, 27th August, 2026
वि.स.

थाहा होटल एशोसिएशनद्वारा खाजा खुवाउन १३ हजार सहयोग

चित्लाङ थानकोट सडक निर्माणमा खटिने स्वायंसेवकहरुलाई खाजा खुवाउनको लागि थाहा होटल एशोसिएशनले १३ हजार रुपियाँ सहयोग गरेको छ । 

एशोसिएशनको १४ मंसिरमा चित्लाङमा भएको बैठकको अवसरमा निर्माणाधिन चित्लाङ थानकोट (गणेशमान सिंह मार्ग)  सडकको निर्माण रेखदेख गर्ने स्वयंसेवकहरुलाई खाजा खुवाउन रकम सहयोग गरेको एशोसिएशनमा महासचिव उकेशचन्द्र केसीले जानकारी दिए । सहयोग रकम थाहा होटल एशोसीएसनका अध्यक्ष शिव कुमार खत्रीले सडकको निर्माण रेखदेख गरी स्वयंसेवा गरिरहेका तथा एशोसिएशनका उपाध्यक्ष रामशरण नेपाललाई रकम हस्तान्तरण गरेका हुन् ।

निर्माणाधिन सडकमा खटिने स्वयंसेवकहरुलाई स्थानीयहरुले स्वच्छाले रकम संकलन गरी दिनदिनै खाजा खुवाइरहेका छन् भने निर्माणमा पनि स्थानीयहरुले स्वयंसेवा गरिरहेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif