nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा होटल एशोसिएशनद्वारा खाजा खुवाउन १३ हजार सहयोग

चित्लाङ थानकोट सडक निर्माणमा खटिने स्वायंसेवकहरुलाई खाजा खुवाउनको लागि थाहा होटल एशोसिएशनले १३ हजार रुपियाँ सहयोग गरेको छ । 

एशोसिएशनको १४ मंसिरमा चित्लाङमा भएको बैठकको अवसरमा निर्माणाधिन चित्लाङ थानकोट (गणेशमान सिंह मार्ग)  सडकको निर्माण रेखदेख गर्ने स्वयंसेवकहरुलाई खाजा खुवाउन रकम सहयोग गरेको एशोसिएशनमा महासचिव उकेशचन्द्र केसीले जानकारी दिए । सहयोग रकम थाहा होटल एशोसीएसनका अध्यक्ष शिव कुमार खत्रीले सडकको निर्माण रेखदेख गरी स्वयंसेवा गरिरहेका तथा एशोसिएशनका उपाध्यक्ष रामशरण नेपाललाई रकम हस्तान्तरण गरेका हुन् ।

निर्माणाधिन सडकमा खटिने स्वयंसेवकहरुलाई स्थानीयहरुले स्वच्छाले रकम संकलन गरी दिनदिनै खाजा खुवाइरहेका छन् भने निर्माणमा पनि स्थानीयहरुले स्वयंसेवा गरिरहेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)