nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 17th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा निर्वाचन : ११ मा माओवादी र १२ मा काँग्रेसको प्यानल नै(कसले कति पाए ?

antim-parinam-1652730478-1652841952.jpg

स्थानीय तह निर्वाचन अन्तर्गत् थाहा नगरपालिकामा सम्पूर्ण मतगणना सकिएको छ । पछिल्लो समय ११ र १२ नम्बर वडाको मत गन्दा ११ मा माओवादी र १२ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ ।

११ मा दिनेश बल र १२ नम्बर वडामा टिकाराम स्याङ्तान वडा अध्यक्ष निर्वाचित भएका छन् । बलले ६१० र स्याङ्तानले ७९८ मत ल्याए । उनीहरु दुबैले एमालेका उमेदवारहरुलाई पराजित गरेका हुन् । ११ नम्बरमा एमालेका धनबहादुर गालेले ४११ र १२ मा युवराज गोलेले ७३६ मत प्राप्त गरे ।

११ नम्बर वडामा माओवादीका मगर सि मोक्तान(६०१), सुरविर स्याङ्तान(६००), जीतकुमारी सापकोटा गोले(५९९) र संगिता सुनार(६०१) निर्वाचित भएका छन् । 

त्यसैगरी, वडा नम्बर १२ मा काँग्रेसका नरेश घलान(७७३), युवराज जिम्बा(७५९), सुकुमाया थिङ(८०४) र सुनिता दर्जी(८१२) मत ल्याउँदै विजयी भएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)