Monday, 24th August, 2026
वि.स.

थाहानगर कोभिड नियन्त्रण समितिले गरेका तीन निर्णय यी हुन्

७ साउनमा बसेको थाहा नगरस्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम समितिको बैठकले विभिन्न तीनवटा निर्णयहरु गरेको छ । 

नगरप्रमुख एवम् कोभिड–१९ नियन्त्रण तथा रोकथाम समितिका संयोजक लवशेर विष्टको अध्यक्षतामा बसेको बैठकले थाहा नगरपालिका क्षेत्रमा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि थाहा नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको तर्फबाट भैरहेको काम तथा स्वास्थ्य संस्था र पालिकाले गरिरहेको कामको समीक्षा गरेको छ । 

थाहा नगरपालिकामा साउन थप प्राप्त भएको कोभिड–१९ विरुद्धको भेरोसिल खोप ८ र ९ साउनमा लगाउने निर्णय गरिएको छ । नगरपालिकाले यसअघि नगरमा प्राप्त खोप अपर्याप्त भएको भन्दै जिल्लामा थप खोप पठाइदिन माग गरेको थियो ।

त्यसैगरी एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप १३ र १४ साउनमा लगाउने पनि निर्णय गरिएको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए । 

त्यसैगरी ७ साउन राती १२ः०० बजेदेखि १४ साउन राती १२ः०० सम्मका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको आदेशमा उल्लेखित बुँदालाई कार्यान्वयन गर्न सबै राजनीतिक दल, संघसंस्था तथा सरोकारवालाहरुको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको नगर प्रमुख विष्टले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०